|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाले संशोधन विधेयकको पक्षमा भोट नहाल्ने प्रष्ट रुपमा भनेकाले अहिले नै भोटिङमा गएमा फेल हुने बताएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आदिवासी जनजाति महासंघका प्रतिनिधिसँगको भेटमा उनले संशोधन विधेयक फेल हुने भएकाले भोटिङमा जानु झन् घातक हुने बताए।

'राप्रपाले प्रष्ट रुपमा भन्नुभएको छ। अहिले हामी संशोधन विधेययकमा भोट हाल्दैनौं। परिमार्जनको कुरा त टाढै छ। यतिमा पनि भोट हाल्न सक्दैनौं, हामी विपक्षीमा नै भोट हाल्छौं भनेर क्लियरली मधेसी मोर्चा र गठबन्धनसँग भन्नुभएको छ' उनले भने 'त्यसैले एउटा कुरा क्लियर के भयो भने अहिले भोटिङमा गयो भने फेल हुन्छ। के फेल गराएर फाइदा छ त हामीलाई? परिवर्तनका पक्षधरलाई फेल गराएपछि चित्त बुझ्ने हो त?  हामीले पास गराउन पो खोजेको हो त।'

प्रधानमन्त्री प्रचण्डले अहिले प्राप्त उपलब्धीलाई जोगाउनतर्फ सतर्क हुनुपर्ने अवस्था रहेको बताए। 'अर्को दिशामा घटनाक्रम जान नपाओस् भन्नेमा हामी सतर्क हुनुपर्‍यो। परिवर्तन, पहिचान, अधिकार सबैको पक्षमा लडेकाहरु लड्दालड्दै घटनाक्रम उल्टो जान नपओस् भनेर लड्नुपर्‍यो' उनले भने 'प्रतिगमनतिर सतर्क हुन पर्‍यो। मेरो कोशिस परिमार्जन गर्ने र पारित गर्नेतिर छ।'

अहिले आफ्नो र सरकारको एक्लो प्रयासले मात्र सबै चिज पार लाग्ने अवस्था नरहेको प्रष्ट्याए। 'प्रयास भइरहेको छ। तर सरकारको एक्लो प्रयासले सबै चिज पार लाग्नेजस्तो स्थिति पनि भइइरहेको छैन भन्ने बुझ्नुपर्ने स्थिति छँदैछ। जति चिज आन्दोलनबाट प्राप्त भएका छन् तिनको रक्षा पनि होस् जति चिज अपुरो छन् तिनको प्राप्त गर्ने प्रक्रिया अघि बढोस्। सायद वुद्धिमानी त्यसमै हुन्छ' उनले  भने 'पोल्टोमा भएको खस्ने र भुइँको पनि नहुने स्थिति नआओस् भन्नेमा सतर्क हुनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.