|

काठमाडौं : जारी ला लिगामा डिपोर्टिभो अल्भेसले भालाडोलिडलाई उसकै घरलु मैदानमा जित निकालेको छ। आइतबार साँझ भएको खेलमा भालाडोलिडलाई अल्भेसले २–० ले हराएको हो। 

दुवै गोल दोस्रो हाफमा भएका थिए। जारी सिजनमा अल्भेसले सात खेलमा दुई जित दर्ता गर्दै सात अंक जोडेको छ। दुई जित र एक बराबरी गरेको उसले दुई खेलमा हार बेहोरेको छ। जुन बार्सिलोनासँगको बराबरी हो। बार्सिलोनाको पनि समान खेलमा यस्तै अवस्था छ। पछिल्ला दुई खेलमा हार खेपेको बार्सिलोनाले त्यसअघिको खेलमा सेभिल्लासँग एक/एकको बराबरी खेलेको थियो। समान अंक भए पनि बार्सिलोना भने गोल अन्तरका आधारमा १२ ‍औं स्थानमा छ।

अघिल्लो खेल इल्चेसँग ०–२ ले गुमाएको अल्भेसले शनिबार मध्यराति बार्सिलोनासँग खेल्दै छ। 

जितसँगै अल्भेस १५ औं स्थानमा उक्लिन सफल भएको छ भने जितविहीन भालाडोलिड अन्तिम स्थानमा छ। उसले हालसम्म सातमध्ये तीन खेलमा बराबरी र ३ खेलमा हार पराजय बेहोरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.