|

काठमाडौं : स्पेनमा कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ।

महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागू गर्ने घोषणा गरेका हुन्। यो नियम आइतबारदेखि लागू भएको हो।

घोषित आपतकाल अनुसार स्थानीय अधिकारीहरुले आन्तरिक भ्रमणमा प्रतिबन्ध लगाउन पाउने छन्। नयाँ नियम सुरुमा १५ दिनका लागि लागु गरिएको भए पनि ६ महिनासम्म लागु गराउनका लागि संसदसँग आग्रह गर्ने प्रधानमन्त्रीले बताएका छन्।

महामारीको पहिलो चरणमा स्पेन नराम्रोसँग प्रभावित भएको थियो । अहिले फेरि स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.