|

इलाम : ब्राजिलियन फुटबलर रोनाल्डिन्होलाई कोरोना संक्रमण देखिएको छ। उनले इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै संक्रमण देखिएको पुष्टि गरेका हुन्।

४० वर्षीय पूर्व बार्सिलोना स्टारको दक्षिणपूर्वी ब्राजिलको शहर बेलो होरिजोंटेमा नियमित स्वास्थ्य परीक्षणको क्रममा कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको जनाइएको छ।

उनी एक प्रमोशनल कार्यक्रममा भाग लिने योजनामा ​​थिए तर कोरोना संक्रमण देखिएपछि अहिले आइसोलेसनमा छन्।

‘मैले परीक्षण गर्दा कोभिडको रिपोर्ट पोजेटिभ आयो। म अहिले आराम महसुस गरिरहेको छु। मलाई आशा छ कि सबै ठीकठाक हुनेछ’, रोनाल्डिन्होले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै भने।

रोनाल्डिन्हो अगस्टमा पराग्वे मा नजर बन्दबाट रिलिज भए पछि सामाजिक कार्यमा कम मात्र सक्रिय हुने गरेका थिए। विश्वकप विजेता र उनका भाई रोबर्टो एसिसले नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेकाले करिब ५ महिना हिरासतमा बिताउनु परेको थियो।

ब्राजिलबाट सन १९९९ देखि २०१३ सम्म खेलेका रोनाल्डिन्हJले ९७ क्याप जित्दै सन् २००२ को बिश्व कप फुटबल संगै कोपा अमेरिका, कन्फिडिरेसन कप, सन २००८ को ओलम्पिकमा कास्य पदक दिलाउन भुमिका खेलेका थिए। सन् २००५ को बालोन डी ओर विजेता उनी २ पटक फिफा वर्ष खेलाडी घोषित भएका थिए। जर्मियो, पिएसजी, बार्सिलोना, एसी मिलान, फ्लेमिङ्गो, एथ्लेटिको मिनेरियो क्लबबाट खेलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.