|
प्रतीकात्मक फोटो

इलाम : जिल्लाको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देउमाई नगरपालिका–३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री छन्। गए राति घरबाट निस्केका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए।

घरनजिकै सिँचाइका लागि निर्माण गरिएको करिब तीन फिट गहिरो पोखरीमा स्थानीयवासीले डुबेको अवस्थामा खत्रीलाई देखेपछि उनका परिवारलाई खबर गरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि इलाम अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.