प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति

संशोधन विधेयकमा राप्रपाको 'मध्यमार्गी' प्रस्ताव : सीमांकन थाती राखौं, भिडियो
SHARES

फागुन १९, २०७३

    काठमाडौं : राष्टिय प्रजातन्त्र पार्टीले संसदमा छलफलको क्रममा रहेको संविधान संसोधन विधेयकमा पारितमा देखिएको समस्या मध्यमार्गी उपायबाट हल गर्न सकिने बताएको छ।

    सरकारमा रहेर पनि अहिलेकै अवस्थामा आफूहरुले विधेयकको पक्षमा मतदान गर्न नसक्ने भन्दै उसले विपक्षमा मतदान गर्दा गलत सन्देश जाने भएकाले मध्यमार्गी समाधान रोज्न आग्रह गरेको हो। बिहीबार धुम्बराहीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक सुरु हुनअघि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष कमल थापाले सीमांकनलाई थाती राखेर, नागरिकता, भाषा, राष्ट्रिय सभाको प्रतिनिधित्व लगायत विषयमा मात्रै संशोधन गरी अघि बढ्न सकिने बताए।

    'अहिलेकै अवस्थामा विधेयक अगाडि बढाइयो भने विपक्षमा भोट हाल्नुपर्ने हुन्छ। त्यो राम्रो हुँदैन, छलफल भएर पारित भएन भने त्यसले आन्दोलनरत दललाई झन् अप्ठेरो पार्ने र मधेसका जनतालाई पनि गलत सन्देश जाने भएको हुँदा यो विधयकलाई पास र फेलको अवस्थामा नलैजानुस्' उनले भने 'खासगरी सीमांकनको विषयमा सहमति हुन सक्ने देखिदैन भनेर हामीले मध्यमार्गी सुझाव दियौं। सीमांकनको विषय थाती राखौं, यसमा राष्ट्रिय सहमति गरेर जाने सबै राजनीतिक दलको प्रतिवद्धता कायम गरौं बाँकी विषय परिमार्जन गरेर जान सकिने सम्भावना छ।'

    बुधबार साँझ भएको सत्तारुढ दल र मधेसी मोर्चाको संयुक्त बैठकमा राप्रपाले संविधान संसोधन विधेयकको पक्षमा उभिन नसक्ने स्पष्ट बताएको थियो। राप्रपाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले गर्नुपर्ने तयारी, संविधान संसोधन लगायत समसामयिक विषयमा छलफल गर्न केन्द्रिय समिति बैठक बोलाएको हो।

    एकता महाधिवेशनले टुंगो लगाउन नसकेको पार्टीको चुनाव चिन्हका बारेमा बैठकले निर्णय गर्ने अध्यक्ष कमल थापाले जानकारी दिए। स्थानीय तहको निर्वाचन घोषणा भइसकेको अवस्थामा अब चुनाव चिन्हको टुंगो लगाइहाल्नुपर्ने भएकाले बैठक त्यसमा केन्द्रित हुने थापाले बताए।

    'केही दिनभित्र निर्वाचन आयोगमा पार्टीको निर्वाचन चिन्ह बुझाउनुपर्ने हुन्छ। यद्यपी महाधिवेशनमा दौरानमा हामीलाई लागेको थियो केही समय प्राप्त होला, एकाध महिनामा निर्णय गर्दा होला कि भन्ने थियो' उनले भने 'हामीसँग धेरै समय छैन चाँडै नै टुंगो लगाउनुपर्ने हुन्छ।' राप्रपामा चुनाव चिन्ह गाई वा हलो बनाउने भन्नेमा विवाद भएपछि महाधिवेशनले पछि टुंगो लगाउने गरी चुनाव चिन्हको विषय थाती राखेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]