बेका सम्झौता गरिछाड्ने मुडमा भारत

|

नयाँ दिल्ली : दुई अमेरिकी मन्त्री यतिखेर एकसाथ भारत भ्रमणमा छन्। चीनसँग लद्दाखसहितका सामरिक महत्वका क्षेत्रमा भारतको तनाव बढिरहेका बेला दुई अमेरिकी मन्त्री आइपुगेका हुन्। 

सोमबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका अमेरिकी विदेशमन्त्री माकइ पोम्पियो र रक्षामन्त्री मार्क एस्परले राजनीतिक भेटघाट थालेका छन्। 

आज भारत र अमेरिकाबीच तेस्रो २+२ बैठक हुँदैछ। २+२ बैठक भारतीय विदेश र रक्षामन्त्री तथा अमेरिकी समकक्षीद्वयबीचको वार्तालाई भनिन्छ। 

यसमा भारत र अमेरिका दुवै देशका विदेश र रक्षा मन्त्री सहभागी हुँदैछन्। यसअघि अमेरिकी विदेश मन्त्री माइक पोम्पियो र रक्षा मन्त्री मार्क एस्परले मंगलबार बिहानै सहिदहरुलाई श्रद्धाञ्जलि दिएका छन्। 

पोम्पियो र मार्क एस्पर सोमवार दिल्ली उत्रिएका थिए। त्यसपछि रक्षा मन्त्री राजनाथ सिंहले एस्परसँग हैदराबाद हाउसमा भेटवार्ता गरे। विदेश मन्त्री एस जयशंकरले पनि अमेरिकी विदेश मन्त्री पोम्पियोसँग भेटवार्ता गरेका छन्। मंगलबार पनि भेटवार्ता जारी छ भने बैठक पनि बस्दैछ। 

एस्परसँग भेटवार्तापछि राजनाथले यो बैठक दुई देशबीच रक्षा सहयोगलाई व्यापक स्तरमा लैजाने उद्धेश्यले भएको हो। २+२ वार्ता यसअघि नै तय भइसकेको थियो। 

तर भारत-चीन र अमेरिका-चीनबीच पैदा भएको ताजा तनावबीच यस बैठकलाई अर्थपूर्ण मानिएको छ। भारत-अमेरिका यो वार्तालाई चीनलाई घेराबन्दी गर्ने एउटा महत्वपूर्ण रणनीतिकारुपमा हेरिएको छ। जयशंकरले यो बैठकबाट दुवै देशको रणनीतिक सम्बन्ध मजबुत हुने विश्‍वास गरेका छन्। 

यस पटकको एजेण्डा के? 

प्रशान्त क्षेत्रमा चीनको हस्तक्षेप र लद्दाखमा उसको आक्रामक व्यवहार पनि दुई देशको वार्ताको एजेण्डा भएको छ। यसलाई देखेर दुई देशबीच बेका सम्झौता हुन सक्नेछ।

बेका सम्झौता के हो?

बेसिक एक्सचेन्ज एन्ड कोअपरेशन एग्रिमेन्ट (बेका) बाट भारतले मिसाइल हमलाका लागि विशेष अमेरिकी डेटाको प्रयोग गर्न सक्नेछ। यसमा कुनै पछि क्षेत्रको सटिक भौगोलिक लोकेशन हुन्छ

विज्ञ के भन्छन्? 

अमेरिकासँगको वार्ताका क्रममा विज्ञहरुले बेका सम्झौताका लागि यही सबैभन्दा अनुकूल समय भएको बताउँदै चीनलाई लिएर अमेरिकासँग प्रष्टसाथ सम्वाद हुनुपर्ने बताएका छन्। 

पूर्व विदेश सचिव शशांकले यस पटक बेका सम्झौता अघि बढ्ने सम्भावना रहेको बताए। चीनसँगको सम्बन्ध गम्भीर एवम् जटिल मोडमा पुगिसकेकाले अब बेका सम्झौता भारतका लागि महत्वपूर्ण हुन सक्ने उनले बताए। 

त्यसैले २+२ वार्ताको केन्द्र नै भारतले बेकालाई बनाउनुपर्ने राय उनले दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यदि सम्झौता भएमा दुवै देश भौगोलिक सुरक्षा रणनीतिको क्षेत्रमा सहयोग बढाउनेछन्। 

करगिल युद्धको समय अमेरिकाले त्यहाँ शान्तिका लागि सम्झौता भएको भन्दै तत्कालीन अवस्थामा जिपिएस बन्द गरिदिएको थियो। तर त्यसपछि अमेरिका-भारतले रक्षा क्षेत्रमा दुई सम्झौता लेमोआ र कोमकासा गरिसकेका छन्। 

चीन घेर्ने योजना

अब भारतले सम्झौता युद्धकालका लागि पनि हुन सक्ने कुरा अमेरिकासँग राख्‍ने भएको छ। अमेरिकामा अहिले राष्ट्रपति चुनाव चलिरहेको छ। त्यसैले केबल सैद्धान्तिक सम्झौता मात्रै हुँदा मामिला अल्झिरहने भएकाले भारत ठोस सम्झौताकै मुडमा छ। चीनले लद्दाख र अरुणाचलसहितमा अफ्ठेरो पारिरहेपछि भारतले रक्षा क्षेत्रमा बलियो भएर चीनलाई घेर्न खोजेको छ। भारतको यही स्वार्थलाई अमेरिकाले पनि प्रयोग गर्न चाहेको छ। 

जर्ज बुस राष्ट्रपति भएका समयमा अहिलेको जस्तै अवस्था आएको थियो। तर त्यसबेला विपक्षी पार्टीहरुले भारत चीनसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका थिए। 

तर आज परिवर्तित अवस्थामा अमेरिकालाई भारतले इरानको मामिलामा चीनलाई बाहिरै राख्‍ने रणनीति बनाउन पनि भन्‍नुपर्ने छ। यदि चीन इरानमा आक्रमक भएमा भारतलाई आफू नराम्ररी घेरिने चिन्ता लागेको छ। चीनले पछिल्लो समय इरान, पाकिस्तान, अफगानिस्तान र नेपालमा आफ्नो बलियो उपस्थितिलाई आक्रमक रुपमा अघि बढाइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.