|

काठमाडौं : पाकिस्तानको पेशावरस्थित एक धार्मिक स्कुल (मदरसा)मा भएको विष्फोटमा ७ जना बालबालिकाको मृत्यु भएको छ। घटनामा ७० भन्दा धेरै घाइते भएका छन्।

घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ। घाइते सबै बालबालिका रहेको पाकिस्तानी अधिकारीले जनाएका छन्।  पाकिस्तानका प्रहरी प्रमुख डाक्टर सनाउल्लाह अब्बासीले घटना पुष्टि गर्दै त्यहाँ टाइम बम राखेको हुनसक्ने बताएका छन्। त्यसबारे अनसन्धान भइरहेको उनले बताएको पाकिस्तानी सञ्चारमाध्यम जिओ न्यूजले जनाएको छ। 

समयमै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका कारण धेरैलाई अस्पताल पुर्‍याउन सकिएको प्रहरीले बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.