|

काठमाडाैं : समूह चरणअन्तगर्त च्याम्पियन्स लिगमा दोस्रो चरणका खेलहरु आज राति हुने भएका छन्। आज राति समूह 'ए' 'बी' 'सी' 'डी' का खेलहरु हुँदै छन्।

जसअन्तर्गत आज राति नेपाली समयअनुसार ११ बजेर ४० मिनेटमा जर्मन क्लब बार्यन म्युनिखले रसियन प्रिमियर लिगको लोकोमोटिभ मस्कोसँग खेल्दै छ। मस्कोले यसअघिको खेलमा अस्ट्रियन बुन्डेसलिगको साल्जवर्गसँग २–२ को बराबरी खेलेको थियो भने बार्यनले लालिगाको बलियो टोली एट्लेटिको म्याड्रिडलाई ४–० ले हराएको थियो। 

त्यस्तै रियल म्याड्रिडलाई हराएर सनसनीपूर्ण प्रदर्शन गरेको युक्रेनी फुटबल क्लबले साख्तर डोनेस्टकले इटालीको क्लब इन्टर मिलानसँग सोही समयमा खेल्दै छ। 

त्यसैगरी राति १ बजेर ४५ मिनेटमा म्यानचेस्टर सिटीले फ्रान्सेली फुटबल क्लब मर्सिलेसँग प्रतिस्पर्धा गर्दै छ। ग्रीक फुटबल टोली ओलम्पिकससँग १–० ले हारेको मर्सिलेका लागि आज जित्नै पर्ने अवस्थामा छ। सिटीले भने यसअघिको खेलमा पोर्टोलाई हराएको थियो।

लिभरपुल र मिडिल्यान्डबीचको खेल पनि आजै राति हुने भएको छ। अघिल्लो खेलमा आयाक्सलाई संघर्षपूर्ण १–० ले हराएको लिभरपुलले आज राति पाैने २ डेनिस क्लबसँग मिडजिटल्यान्डसँग खेल्ने छ। 

त्यसैगरी इन्टरमिलानसँग बराबरी खेलेको जर्मन क्लब मुन्चेनग्लाबेचले बलियो प्रतिद्वन्द्वी रियल म्याड्रिडको सामना गर्दै छ। यसअघिको खेलमा साख्तर डोनेस्टेकसँग लज्जास्पद हार बेहोरेको रियल यस खेलमा जित निकाल्नैपर्ने दबाबमा छ। यो खेल पनि पाैने २ बजे राति हुँदै छ। 

यसैगरी बार्यन म्युनिखसँग लज्जास्पद हार बेहोरेको एट्लेटिको म्याड्रिले साल्जबर्गसँग राति पाैने दुई बजे नै भिड्दै छ भने यही समयमा पोर्टो र ओलम्पिकसले आमने सामने गर्दै छन्। 

त्यस्तै एटलान्टा र आयाक्सले पनि यही समयमा खेल्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.