|

काठामाडौं : स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका काठमाडौंका ५ आंगिक क्याम्पसमध्ये तीनवटामा जित हासिल गरेपछि माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विजय जुलुस निकालेको छ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा रोशन थापामगर, थापाथली इन्जिनियरिङ क्याम्पस प्रज्वल खत्री र सानोठिमी क्याम्पसमा रमेश खड्काले स्ववियु अध्यक्षमा विजय हासिल गरेका थिए।

त्रिविका २२ ओटा आंगिक क्याम्पस राजधानीमा छन्, जसमध्ये ५ ओटामा मात्र स्ववियु निर्वाचन भएको छ। जसमध्ये क्रान्तिकारीले ३ क्याम्पसमा जितेको थियो भने अनेरास्ववियु र नेविसंघले १-१ क्याम्पस स्ववियुमा जितेका थिए।

थापाथलीबाट सुरु भएको विजय र्‍यालीमा त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली इन्जिनियरिङ क्याम्पस र सानोठिमी क्याम्पस भक्तपुरका विद्यार्थीका साथै स्ववियुमा विजयी पदाधिकारी र सदस्य अनि अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए। उक्त र्‍याली ललितपुर पुल्चोकस्थित त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा पुगेर कोण सभामा परिणत भएको थियो।

कोणसभामा अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष रामदीप आचार्यले क्रान्तिकारीको जितले माओवादीको शक्ति कति छ भन्ने देखाएको बताए। अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले राजधानीका ठूला आंगिक क्याम्पसहरुमा भएको जितले उत्साहित भएको बताए। उनले विभिन्न क्याम्पसमा अनेरास्ववियु र नेविसंघको आन्तरिक बेमेलका कारण स्ववियु हुन नसकेको आरोप लगाए।

हेर्नुस् फोटोहरु:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.