|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ। 

गएराति सम्पन्न खेलमा हैदरावादले दिएको २२० रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा १३१ रन बनाउदा अलाउट भएपछि खेल ८८ रनले हारेको हो।

प्लेअफको नजिक पुगेको दिल्लीले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। विशाल लक्ष्य पछाएको दिल्लीको शुरुवात नै निकै खराब भएको थियो। दिल्लीका लागि रिषभ पन्तले सर्बाधिक ३६ रन बनाए।  अजिक्य रहानेले २६, तुषार देशपाण्डेले २०, शिमरन हेटमायेरले १६ रन बनाए।

हैदरावादका बलरले उत्कृष्ट बलिङ गरेका थिए। रशिद खानले ४ ओभरमा केबल ७ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए भने सन्दीप शर्मा र टी नटराजनले २(२ विकेट लिए। त्यस्तै शहबाज नदीम, जासन होल्डर र विजय शंकरले एक एक विकेट लिएका थिए ।    

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा २ विकेट गुमाउदै २२० रन बनाएको थियो। हैदरावादका लागि कप्तान डेविड वार्नर र रिद्धिमान शाहले उत्कृष्ट ब्याटिंग गरेका थिए। रिद्धिमान शाले ४५ बलमा ८७ रन बनाए भने वार्नरले ३४ बलमा ६६ रन बनाएका थिए। त्यस्तै मनिष पाण्डेयले ३१ बलमा आक्रामक ४४ रन बनाएका थिए भने केन विलियम्सन अविजित ११ रन बनाएका थिए।

दिल्लीका बलर एनरीच नोर्त्जे र आर आश्विनले एक एक विकेट लिएका थिए। यो जितसँगै हैदरावादले १२ खेलमा पाँचौ जित हासिल गरेको छ भने १० अंक सहित छैठौ स्थानमा रहेको छ। त्यस्तै दिल्ली क्यापिटल्स भने १२ खेलमा पाँचौ हार बेहोरेको छ। दिल्ली १४ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.