|

काठमाडौं : बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

मंगलबार पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रसाईले जनाकारी दिए। दशैँ मान्न उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट झापाको मेचीनगरस्थित घर पुगेका थिए।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए।
उनी हाल घरमै आइसोलेसनमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.