|

काठमाडौं :  गण्डकी प्रदेशमा कोरोनाका थप २३ जना नयाँ संक्रमित थपिएका छन्।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ती संक्रमित थपिएका हुन्। नयाँ संक्रमितमा सबैभन्दा बढी स्याङजाका १२ जना छन्। त्यस्तै कास्कीका सात जनामा पनि संक्रमण देखिएको छ।

अन्य संक्रमित हुनेमा गोरखाका दुई तथा मुस्ताङ  र तनहुँका एक एक जना रहेका छन्।  गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ८ सय १३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.