|

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जनालाई कोरोना संक्रमण देखिएको छ।

यस्तै, २४ घण्टामा देशभर १ हजार ९५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। जसले गर्दा हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आजको नियमित प्रेस ब्रिफङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएको समेत बताए। योसँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ। आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ८२ सय ४८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १४ लाख ९ हजार २९५ पिसिआर परीक्षण गरिएको छ। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या ८८७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.