|

काठमाडौं : नेपाल पत्रकार महासंघ, नेपाल एफएम प्रतिष्ठान शाखामा वैकुण्ठ ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ।प्रतिष्ठान शाखाको छैटौं बार्षिक साधारण सभा तथा चौँथो अधिवेशनबाट उपाध्यक्षमा शोभा घिमिरे र टोमा लामा, सचिवमा रघुनाथ बजगाईं, सह–सचिवमा ईश्वरी बराल र सम्झना पौडेल, कोषाध्यक्षमा रामकुमार शाही निर्विरोध निर्वाचित भएका छन्।

सदस्यहरुमा लक्ष्मी थापा (रिया), निशा बाँस्कोटा, दिव्या दुलाल र सुरेन्द्र लामिछाने सर्वसम्मत चयन भए। यसैगरी, केन्द्रीय सभासदमा विनोद ढुङ्गेल, गोविन्द रोका (सचिन) र सिर्जना खड्का चयन भएका छन् भने प्रदेश सभासदमा तुलसा घिमिरे, संगम महत, दीपेन्द्र खड्का र सुमन थापामगर चयन भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.