|

काठमाडौं : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशमा दोस्रो राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन्।

कोरोना भाइरसको महामारीको दोस्रो लहर चलेपछि त्यहाँ दोस्रो पटक राष्ट्रव्यापी लकडाउन घोषणा भएको हो। दोस्रो चरणको लकडाउन कम्तीमा नोभेम्बर महिना भर चल्ने जनाइएको छ। भोलिदेखि सुरु हुने लकडाउनमा स्वास्थ्य, उद्यौगिक तथा शैक्षिक क्षेत्रहरु खुला रहनेछन् भने रेष्टुरेन्ट तथा बारहरु बन्द हुनेछन्।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको आँकडा फ्रान्समा अप्रिलपछि हिजो सबैभन्दा उच्चस्तरमा रहेको छ। साथै मंगलबार फ्रान्समा ३३ हजार नयाँ संक्रमित थपिएका छन्। राष्ट्रपति म्याक्रोँले देशमा दोस्रो लहरको खतरा सुरु भएको र यो पहिलो चरणको भन्दा झनै भयाबह हुने संकेत देखिएको बताएका छन्।

यसअघि जर्मन चान्सलर एंगेला मर्केलले कोरोना भाइरसको संक्रमण रोक्नका लागि ठूलो राष्ट्रिय कार्यक्रमको आवश्यकता रहेको बताएकी थिइन्। फ्रान्ससहित, इटली, स्पेन, जर्मनीलगायतका देशमा दोस्रो चरणमा कोरोना फैलिएको छ। अधिकांश देशले विभिन्न प्रतिबन्धहरु घोषणा गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.