|

काठमाडौं :  बाराको सीमावर्ती सुवर्ण गाउँपालिका–२ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडि बुधबार प्रहरी र स्थानीयबीच झडप भएको छ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन्। राति साढे ८ बजेतिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोज्दा भएको झडपमा गोली लागेर सुवर्ण गाउँपालिका–२ कै १४ वर्षीय बालक रन्जनकुमार यादव घाइते भएका हो।

बालकको स्थानीय एसआर अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि वीरगन्जको बयोधा अस्पताल रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले बताए।

झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेको थियो। साँझ ६ बजे आधा दर्जन बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्रहरीको गाडी मगाएर जिल्ला लान खोज्दा झडप भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.