|

नवलपरासी :पश्चिम नवलपरासी प्रहरीले १ मोटरसाइकलसहित ९ लाख १५ हजार ८ सय ३५ मूल्य बराबरको मालसामान बरामद गरेको छ। प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट ती सामग्री  बरामद गरेको हो।

बुधबार इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीको टोलीले बर्दघाट ७ जिमिरेभार भारतबाट भन्सार छली गरी अबैधरुपमा ल्याउँदै गरेको ३ लाख ७८ हजार ८ सय मूल्य बराबरको सामान बरामद गरेको छ।

प्रहरीले पेन्टर मेसिन,हिट प्रेस मेसिन, पेपर, टिसर्ट, पलाष्टिक डोरी लगायतका सामानहरु बरामद गरेको हो। मोटरसाइकलमा सामान लिएर आउँदै गरेको मानिसले सामान फालेर भागेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले सुनवल १३ बडेराबाट भारतबाट भन्सार छली गरी ल्याईएका १ लाख १५ हजार २ सय मुल्य बराबरको ३ सय ८४ थान लेडिज टप्स बरामद गरेको छ। प्रहरीलाई देखेपछि मोटरसाईकलमा सामन ल्याउनेले सामान फालेर भागेको प्रहरीले जनाएको छ।

सीमा प्रहरी चौकी महेषपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी अबैधरुपमा ल्याउँदै गरेको ४६ हजार ३५ मुल्य बराबरको ४ सय केजी प्याज, Gluco One, Blood Pressure Monitor, Malaria PF/PV Antigen Test लगायतका सामग्रीहरु बरामद गरेको छ। प्रहरीले पाल्हिनन्दन गाउँपालिकाको वडा नम्बर १ झरहिखोलाबाट बरामद गरेको हो।

 सामान ल्याउने ब्यक्ति सामान फालेर मोटरसाईकलमा भागेको प्रहरीको भनाई छ। सीमा प्रहरी चौकी महेषपुरको टोलीलेनै सरावल गाउँपालिकामा ७ बुलन्दपुरबाट Redmi मोबाईल १५ थानसँगै  युपी ५३ सिएम४६८० नम्बरको मोटरसाईकल पनि बरामद गरेको छ।

 बरामद भएको मोबाईल अन्दाजी ३ लाख र मोटरसाईकलको अन्दाजी मुल्य ५० हजार मुल्य बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी भुजहवाले भारतबाट भन्सार छली गरी अबैध रुपमा ल्याईएको ५० केजी चिनि, ४० केजी प्याज, नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको १५ हजार मुल्य बराबरको १ सय ५० केजी हरियो मटर, मटरको दाल ५० केजी लगायतका सामानहरु बरामद गरेको।

 प्रहरीले सरावल गाउँपालिका वडा नम्बर ७ भन्सार टोलबाट सामानहरु बरामद गरेको जनाएको छ।
जिल्लाका विभिन्न ठाउँबाट बरामद गरिएका सवै सामानहरु आवश्यक कारबाहिका लागि महेषपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए।

नवलपरासीमा पछिल्लोपटक भन्सार छली गरी भारतबाट नेपाल भित्राईने सामान र नेपाल बाट भारत तर्फ पठाईने सामानहरु बरामद गर्ने क्रम बढे पनि तस्करीमा संलग्नहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको पाईदैन। अबैध सामान बरामद भैरहँदा तस्कर नसमातिनु र सामान छोडेर भागेको भनी प्रहरीले दिने 
जानकारी प्रति भने कतिपयले शंका ब्यक्त गर्ने गरेका छन्। बेला बेलामा प्रहरीलाई तस्करहरु संग मिलेको आरोपसमेत लाग्ने गरेको छ। पछिल्लो पटक भने प्रहरीको सक्रियता बढेसँगै अवैध मालसामान बरामद हुने क्रम बढेको।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.