|

  • अनिल खत्री 

गुल्मी : गुल्मीको प्रमुख क्याम्पस मानिने रेसुङ्गा बहुमुखी क्याम्पसमा अनेरास्ववियु नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ। जिल्लाक सबैभन्दा पुरानो तथा धेरै विद्यार्थी पढ्ने यस क्याम्पसमा  अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानलबाट सभापतिमा अनेरास्ववियुका श्रीराम महत विजयी भए। महतले ३ सय ६१ मत ल्याए। उनका प्रतिद्वन्द्वी नेविसंघका तोमलाल पन्थीले ३ सय १ मत ल्याए।

गुल्मी जिल्लाको पहिलो क्याम्पसका रुपमा रहेको यस क्याम्पसमा बामपन्थी प्यानलले विजयी हासिल गरेको यो पहिलोपटक हो। यसअघि २ पटक स्ववियु सभापति जितेपनि बामपन्थी दल समर्थित विद्यार्थी संगठनहरुले यसरी पुरै प्यानल जित्न सकेका थिएनन्।

जिल्लाकै सबैभन्दा बढी विद्यार्थी पढ्ने यस क्याम्पसका  ७ सय ५४ जना विद्यार्थी मध्ये ६ सय ७० जना विद्यार्थीले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए। संयुक्त प्यानलबाट सचिवमा  पनि   नविन अर्याल ३ सय ८१ मत ल्याएर विजयी भए।

कोषाध्यक्षमा  विपना सुर्यवंशी २ सय ७३ मत ल्याएर विजयी भइन्। सदस्यमा संयुक्त प्यानलका सबै सदस्यहरु अत्याधिक मत ल्याएर विजयी भए। यस्तै गुल्मीको रिडी बहुमुखी क्याम्पसमा भएको निर्वाचनबाट रामप्रसाद पोखरेल सभापतिमा निर्वाचित भएका छन्।

बुधवार बिहान भएको निर्वाचनमा अनेरास्ववियुका पोखरेल सहित सबै प्यानलै विजयी भएको निर्वाचन अधिकृत पवन ज्ञवालीले जानकारी दिए। गुल्मीमा ३ वटा क्याम्पसमा निर्वाचन भएको थियो भने ३ वटा क्याम्पसमा सहमति भएको छ । जिल्लाका ४ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ।

धुर्कोटस्थित परमानन्द बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अखिल क्रान्तिकारी शितल थापाको प्यानल निर्वाचित भयो। नेपाल बिद्यार्थी संघ र अखिल क्रान्तीकारीको गठबन्धनबाट श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रानिवासमा क्रान्तिकारीका किशन पाण्डेय निर्वाचित भए। विभिन्‍न संगठन बिच भएको सहमतीमा जिल्लाको जनज्योति बहुमुखी क्याम्पस पुर्कोट दहमा अनेरास्ववियु क्रान्तिकारीकी सृजना घिमिरे, रुरु सँस्कृत बिद्यापिठमा नेविसंघका सुरेश रिजाल सभापतिमा निर्वाचित छन्। शान्तिपुर स्थित  चन्द्रकोट बहुमुखी क्याम्पसमा पालै पालो नेतृत्व हस्तातरण गर्ने सहमती भएको क्याम्पसले जनाएको छ।

सहमति अनुसार अनेरास्ववियुका विमला गौतम सभापतिमा निर्वाचित भएका छन्। गुल्मीमा विभिन्‍न क्याम्पसमा भएको निर्वाचनमा अखिल क्रान्तिकारीले ३ वटा क्याम्पस अनेरास्ववियुले ३ वटा क्याम्पस र नेपाल विद्यार्थी संघ १ क्याम्पसमा निर्वाचित भएको छ। विभिन्‍न बिद्यार्थी संगठनको अबरोधका कारण सत्यबती बहुमुखी क्याम्पस हसरा, मानका टिकाराम बहुमुखी क्याम्पस तुराङ्ग, रुद्धाबती बहुमुखी क्याम्पस वामीटकसार र आर्दश बहुमुखी क्याम्पस दिगाममा स्थगित गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.