|
प्रतिकात्मक तस्वीर

दाङ :  दाङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। ठक्करबाट  लमही नगरपालिका-२  दोलही निवासी  ७५ वर्षीय भरथारी चौधरीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ। 

बुधबार दिउँसो ४ बजेतिर लमही नगरपालिका १ नर्तीमा भे१०प १५४९ नम्बरको मोटरसाइकलले पैदल यात्री चौधरीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा साँझ साढे ६ बजेतिर बाँकेको  नेपालगञ्‍ज मेडिकल कलेज  कोहलपुरमा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए।

साथै चौधरीलाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक अछाम बागंगढी गाउँपालिका-५ निवासी  २९ वर्षीय भोला रावल र मोटरसाइकलमा सवार रुकुम सानो भेरी गाउँपालिका ५ निवासी २३ वर्षीय उमा केसी घाइते भएको र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साथै उनीहरूको अवस्था मध्यम रहेको छ।  मोटरसाइकल नियन्त्रण लिएर वडा प्रहरी कार्यालय लमही दाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.