|

काठमाडौं : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुबास खड्काले पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारबाही हुने जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.