|

काठमाडाैं : भिटेन नामले चर्चिन गायक तथा र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई आदेश दिएको छ। 

विवादित र आपत्तिजनक गीत तथा र्‍याप गाउँदै आएका भिटेनले युट्युबमा केही समयअघि राखेको भिडियोबारे प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको छ। 
भिटेनको उक्त गीतबारे अनुसन्धान गर्न साइबर ब्युरोलाई निर्देशन दिइएको र त्यसैअनुसार हुने प्रहरी प्रवक्ता कुबेर कडायतले थाहाखबरलाई बताए। 

भिटेनले ६ दिन अगाडि युट्युबमा राखेको गीतमा अश्लील शब्दलाई र्‍याप बनाएका छन् भने प्रहरीको गाडी विष्फोट गरेको भिडियोमा देखाइएको छ। 

प्रहरीलाई समेत उक्त गीतमा छाडा शब्दहरुले सम्बोधन गरिएको छ। भिटेन असअघि पनि गीत तथा र्‍यापकै कारण पटक पटक विवादमा पर्दै आइरहेका छन्। 

एक वर्षअघि पनि र्‍यापका विषयमा उनी विवादमा परेका थिए।  प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो।

यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।   

तर उनलाई आइन्दा यस्तो अश्लील र छाडा शब्द राखेर गीत नबनाउने सर्तमा प्रहरीले छाडेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.