|

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ सय नाघेको छ। बिहीबार थप १७ जना संक्रमितको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर  थप २३ सय ६४ सय  जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८  पुगेको छ। 

त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या  ३८ हजार ९५२ छ। बिहिबार देशभर तीन हजार ३८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख २४ हजार ८६२ छ।

पछिल्लो २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ९ हजार ७६९ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १४ लाख १९ हजार ६४ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.