|

काठमाडौं :  इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ।  कोलकोताले दिएको १७३ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १७८ रन बनाएको थियो।

चेन्नईका लागि रुतुराज गायकवाडले सर्बाधिक ७२ रन बनाए भने अम्बाती रायडूले ३८ रनको योगदान दिए। त्यस्तै रविन्द्र जडेजाले अविजित ११ बलमा ३१ रन बनाए भने शेन वाटशनले १४, साम कुरानले १३ र कप्तान मेहन्द्र सिंह धोनीले एक रन बनाए।​ कोलकोताका बलर पाट कमिन्स र वरुण चक्रवर्तिले २(२ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको हो। ​कोलकोताका लागि नितिश रानाले सर्बाधिक ८७ रन बनाएका थिए। उनले ६१ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाएर आउट भएका थिए। त्यस्तै शुभमन गीलले २६ रन बनाए। 

चेन्नईका बलर लुंगी एनगिडीले २ विकेट लिए भने मिचेल सान्टनर, रविन्द्र जडेजा र करण शर्माले एक एक विकेट लिएका थिए।

हारसँगै कोलकोताको प्लेअफ यात्रा भने अनिश्चित बनाइदिएको छ। चेन्नईको १३ खेलमा यो पाँचौ जित हो। त्यस्तै कोलकोताको अब १३ खेलमा ६ जितसहित केबल १२ अंक रहेको छ।

अब कोलकोताले आफ्नो अन्तिम लिग खेल राजस्थान रोयल्ससँग खेल्ने छ। त्यो खेलमा जित हासिल गरेपनि प्लेअफ यात्रा भने रनरेट र अन्य टिमको अंकमा भर पर्नु पर्ने भएको छ। त्यस्तै चेन्नईले भने अन्तिम खेल किंग इलेभेन पञ्जाब विरुद्ध आइतबार खेल्दै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.