|

काठमाडाैं : इन्डियन प्रिमियर लिगमा अहिले प्लेअफका लागि रोमाञ्च्क भिडन्त जारी छ। यसबीच टिमका कप्तानले गरेका केही निर्णय सही हुँदा केहीको मूल्य भने महँगो पर्‍यो। 

कोलकाता नाइटराइडर्सले लकी फर्गुसनलाई पहिलो पटक टिममा सहभागी गराउँदा उनको सनसनीपूर्ण प्रदर्शनले कोलकाताले जित निकाल्यो। त्यस्तै पञ्जावका मोहम्मद सामीले सुपर ओभरमा मुम्बईको हातबाट जित खोसे।

अर्कोतर्फ बैंग्लोर भने एबी डिभिलियर्सलाई छैंटौं नम्बरमा ब्याटिङ गराउँदा त्यसको मूल्य चुकाउन बाध्य भयो।

यस्तै रोमाञ्चक सिजनका पाँच टर्निङ प्वाइन्ट यस्ता छन्

पहिलो खेलमै चम्किए फर्गुसन

​कोलकाताले सिजनको सुरुवात निकै राम्रो गर्यो। उसले सुरुवाती ६ मध्ये ४ खेलमा जित निकाल्यो। त्यसपछि लगातार दुई खेलमा उसले हारको सामना गर्न बाध्य भयो। त्यसपछि उसले अर्को खेलमा फर्गुसनलाई टिममा सहभागी गरायो। सिजनको ३५ औं खेल फर्गुसनको पहिलो खेलका रुपमा रह्यो।

हैदराबादविरुद्धको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले २० ओभरमा १ सय ६३ रन बनायो। जवाफमा फर्गुसनको शानदार बलिङको मद्दतमा मध्यम लक्ष्य पछ्याएको हैदरावाद पनि १ सय ६३ रनमै समेटियो। खेल सुपर ओभरमा धकेलियो।

सुपर ओभरमा पनि कोलकाताले फर्गुसनलाई नै बल थमायो। उनले ३ बलमा केवल २ रन दिएर २ विवके लिँदै सनसनीपूर्ण बलिङ गरे। ३ रनको लक्ष्य कोलकाताले ४ बलमा पूरा गर्‍यो। कोलकाताका लागि फर्गुसनको टिममा सहभागी गराउने निर्णय टर्निङ प्वाइन्ट बन्यो।

शामीको योर्करमा मुम्बई पराजित

पञ्जावको सिजनको सुरुवात खासै राम्रो रहेन तर प्रतियोगिताको ३६ औं खेल भने जारी सिजनकै सर्वाधिक रोमाञ्चक खेलका रुपमा रह्यो। एकै खेलमा दुई सुपर ओभर खेलिएको क्रिकेट इतिहासकै पहिलो खेलमा शामीको प्रदर्शन उच्च रह्यो।

पहिलो सुपर ओभरमा बुमराहको कसिलो बलिङका कारण पञ्जाबले ५ रन बनायो। जसको जवाफमा शामीको बलिङमा बिग हिटरका रुपमा परिचित मुम्बईका खेलाडी निरीह रहे। केवल ५ रन नै बनाउन सके। शमीले ६ मध्ये ४ बल योर्कर फाले। कसैले पनि अनुमान गरेका थिएनन् कि ५ रनको लक्ष्य मुम्बइले नभेटाउला भन्ने। शामीको प्रदर्शनमा नै खेल दोस्रो सुपर ओभरमा धकेलियो। दोस्रो सुपर ओभरमा मुम्बईले १२ रनको लक्ष्य दियो। जवाफमा पञ्जावले ४ बलमा लक्ष्य पूरा गर्दै महत्वपुर्ण जित निकाल्यो।

डेथ ओभरमा नरेनको घातक बलिङ

कोलकाताले सिजनको बीचमा कप्तान परिवर्तन गर्यो। तत्कालीन कप्तान दिनेश कार्तिकले सिजनको २४ औं खेलमा सुनील नरेनलाई डेथ ओभर (खेलका अन्ततिरका ओभर)मा बल थमाए। उनको यो निर्णय सही सावित भयो। कोलकाताले खेल आफ्नो पक्षमा पार्यो। २४ औं खेलमा कोलकाताले पञ्जावविरुद्ध १ सय ६५ रनको लक्ष्य दिएको थियो। पञ्जाव १७ ओभरमा १ विकेट गुमाएर १४३ रनको बलियो अवस्थामा थियो।

यस्तो मानिएको थियो कि यो खेल पञ्जाबले सहज रुपमा आफ्नो पक्षमा पार्ने छ। उसका लागि केएल राहुल ७० तथा निकोलस पुरन ९ रन बनाएर क्रिजमा रहेका थिए। त्यही समयमा नरेनले कमालको बलिङका कारण पञ्जाब ब्याक फुटमा पुग्यो। अन्तिम ३ ओभरमा पञ्जाबलाई २२ रन चाहिएको थियो। जहाँ १८ औं ओभरमा बलिङ गर्न आएका नरेनले पहिले पुरनलाई बोल्ड गरे।

फेरि उनले केवल २ रन दिए। अन्तिम ओभरमा पञ्जाबलाइ जितका लागि १४ रन चाहिने अवस्था बन्यो। पुन एकपटक कोलकाताले नरेनलाई बल थमायो। उनको अगाडि म्याक्सवेल र मन्दीप सिंह ब्याटिङमा थिए। नरेनले यो ओभरमा मन्दीपको विकेट लिँदै केवल ११ रन मात्र दिए। सनसनीपूर्ण बनेको खेलमा कोलकाताले पञ्जाबलाई २ रनले हरायो।

डि भिलियर्स छैंटौं नम्बरमा आउँदाको मूल्य

जारी सिजन बैंगलोरको प्रदर्शन उतरचढावपूर्ण छ। भलै प्लेअफको रेसमा कायम छ। तर कप्तान विराट कोहलीको एउटा निर्णय धेरैका लागि समझबाहिरको रह्यो। पञ्जावविरुद्ध सिजनको ३१ औं खेलमा बैंगलोरले टस जितेर पहिले ब्याटिङको निर्णय गर्यो।

बैंगलोरले भिलियर्सलाई छैटौं नम्बरमा ब्याटिङका लागि पठायो। बैंगलोरका कप्तान कोहलीको यो निर्णय टिमका लागि निकै महँगो सावित भयो। बैंग्लोरले २० ओभरमा १ सय ७१ रन बनायो। यो खेल जित्दै पञ्जावले लिगमा पुनरागमन गरेको थियो।

डिभिलियर्स आइपिएलमा सिर्फ ४ पटक ६ नम्बर या सोभन्दा तल ब्याटिङका लागि आएका छन्। यस दौरान उनको केवल ३३ रन सर्वाधिक उच्च रनको रुपमा रहेको छ। २०१२ मा बैंग्लोरका लागि उनले पणे वारियर्सविरुद्ध ३३ रन बनाएका थिए। तत्कालीन समयमा उनको फर्म राम्रो थिएन।

सातौं नम्बरमा धोनिको आगमन टिमका लागि महँगो

चेन्नईले सिजनको सुरुवात राम्रो लयमा गरेको थियो। पहिलो खेलमै साविक च्याम्पियन मुम्बईलाई हराएपछि यो सिजन पनि चेन्नई राम्रो लयमा रहने विश्वास थियो। तर त्यसपछि चेन्नई लिक छोडेको रेलजस्तै बन्यो।

पुन: ट्रयाकमा आउँदा टिम प्रतियोगिताबाट बाहिरिसकेको छ। राजस्थान रोयल्सविरुद्ध दोस्रो खेलमा कप्तान महेन्द्रसिंह धोनीको एउटा निर्णयप्रति टिमले नै पछुताउन बाध्य रह्यो। उनले आफूलाई ब्याटिङका लागि सातौं नम्बरमा धकेलेका थिए।

२ सय १७ रनको विशाल लक्ष्य पछ्याएको सिएसकेले ८ औं ओभरमा दोस्रो विकेट गुमायो। त्यसपछि सबैले सोचेका थिए। धोनी तेस्रो नम्बरमा ब्याटिङका लागि आउनेछन्। तर उनी १४ औं ओभरमा केधार जाधव पाँचौं विकेटका रुपमा आउट भएपछि क्रिजमा आए। जतिबेला चेन्नईलाइ जितका लागि ३६ बलमा १ सय १ रन आवश्यक थियो। साथमा चेन्नईको हातबाट खेल गुम्दै पनि थियो।

यद्यपि डुप्लेसिसले केही राम्रा सट खेल्दै टिमलाई सम्हाल्ने प्रयास जारी राखेर टिमलाई जित नजिक पुर्‍याएका थिए। अन्तिम १२ बलमा टिमलाई ४८ रन आवश्यक थियो। धोनी सो समयमा ११ बलमा ८ रनको अवस्थामा थिए।

१९ औं ओभरमा डुप्लेसिस आउट भए। अन्तिम ओभरमा चेन्नईलाई जितका लागि ६ बलमा ३८ रन चाहिएको थियो। धोनीले यो ओभरमा ३ छक्का प्रहार गरे तर टिमको जितका लागि ढिला भइसकेको थियो।

राजस्थानले चेन्नईलाई १६ रनले हरायो। त्यसपछी चेन्नई जारी लिगमा निरन्तर खराब प्रदर्शनको सिकार भयो। भलै प्ले अफबाट बाहिरिएपछि जित निकालिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.