|

दाङ :  तुलसीपर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि आक्रमण गर्ने  २ जना युवक पक्राउ परेका छन्। घटना घटेको २ दिनभित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका २ जना युवक, उनीहरूले आक्रमण गर्दा प्रयोग गरेको हतियारसमेत सार्वजनिक गरिएको छ।

तुलसीपुर उपमहानगरपालिका १६ उत्तर कुररीयाका २२ वर्षीय पवन चौधरी र तुलसीपुर उपमहानगरपालिका १० का २४ वर्षीय अमृत चौधरी नै मुख्य अभियुक्त भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए। कार्तिक १० गते तुलसीपुर उपमहानगरपालिका १० गोलौरीस्थित पुकार पसलबाट पड्डातर्फ जाने सडक बाटोमा बिक टरीगाँउस्थित भान्जाको विवाह भोजबाट फर्कने क्रममा राति करिब १० बजेतिर पवन र अमृतले खुर्पाले प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाईते बिकको लखनउमा उपचार भइरहेको छ। बाँया पैतला छिनालिए र दुवै हातका औलामा तथा ढाडमा गहिरो चोट लागेको अवस्थामा लखनउ पुर्‍याएको थियो।

उनको अवस्था खतरामुक्त रहेको र बिहीबार शल्यक्रिया भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरि अनुसन्धान शुरु गरिएको डिएसपी सिंहले बताए।

कार्तिक १० गते सोही साँझ तुलसीपुर उपमहानगरपालिका १० गोलौरी स्थीत आशिष चौधरीको घर आँगनमा दशैको रमाईलो गर्न भनी भेला भएका स्थानीय दुर्गा प्रसाद चौधरीसँग  एक आपसमा झगडा गरी घाइते बनाउने मध्येका ७ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। ती युवाहरुको आक्रमणबाट घाईते भएका चौधरीको नेपालगञ्जमा उपचार भइरहेको डिएसपी सिंहले बताए।

प्रहरीले उक्त घटनामा संलग्न भएका तुलसीपुर १० का ४२ वर्षीय सुशील चौधरी, २२ बर्षीय विजय चौधरी, २३ वर्षीय अशोक चौधरी, १८ वर्षीय तिलक चौधरी, २१ वर्षीय सुनिल चौधरी,२८ वर्षीय पवन चौधरी र १९ बर्षीय आशिष चौधरीलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान थालेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो।

प्रहरी भन्छ, दुर्गाप्रसादले छोरा  मलाई कुटे भन्ने फोन गरेपछि छोरा सहितका केही त्यसतर्फ हिँड्छन्। अरू घरतर्फ फर्किन्छन् भने पवन र अमृत खुर्पा लिई खोज्दै हिँड्ने क्रममा बाटोमा पैदल हिँड्दै गरेका कुमारलाई भेट्छन्। सामान्य सोधपुछकै क्रममा साथमा भएको खुर्पाले सांघातिक आक्रमण गरेर गम्भीर घाईते बनाएका बयानमा उनीहरुले बताएका प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.