|

बाँके : बाँकेमा उपचाररत दाङका दुई जना कोरोना संक्रमितको शनिबार मृत्यू भएको छ।

शनिबार बिहान घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो। उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–१८ का अर्का ७० वर्षीय संक्रमित पुरुषको पनि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको उनले बताए। उनको स्वास्थ्यमा समस्या देखिएपछि १३ कात्तिकमा १३ गते शिक्षण अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।

उनको कोरोना आशंकामा १४ कात्तिकमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र १५ कात्तिकमा कोरोना रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए। योसँगै कोरोना संक्रमण भई बाँकेमा उपचार गर्न आएकामध्ये मृत्यु हुनेको संख्या १९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.