|

कञ्चनपुर : बेदकोट नगरपालिका २ बसन्तथलामा बिहेको भोज खाँदा ४४ जना बिरामी परेका छन्। 

बिहेमा सहभागी भएर भोज खाएर बिरामी भएका ४४ जनामध्ये ३४ जनालाई महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अन्यले स्थानीय मेडिकलमा उपचार गराई घर फर्केका छन्।

भोज खाएकाहरु एकाएक बिरामी पर्न थालेपछि शुक्रबार राति नै सबैलाई अस्पताल भर्ना गरिएको हो। अस्पताल भर्ना गरिएका सबै जनाको अवस्था भने चिन्तामुक्त  छ। बिरामी पर्नेमा बालबालिका र महिलाहरु बढी छन्। 

अस्पतालका चिकित्सकका अनुसार भोज खाएर बिरामी परेकाहरुमा फुड पोइजन भएको हो। यसैबीच भोजमा सहभागी भएर बिरामी परेकाहरुको अवस्थाबारे बुझ्न लागि सुदूरपश्चिम प्रदेशसभा सदस्य लाल बहाुदर खड्का समेत महाकाली अस्पताल पुगेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.