|

बारा : कोरोना नियन्त्रण भएसँगै बाराको कोल्हबीमा शनिबारदेखि प्रथम मेयर क्रिकेट कप सुरु भएको छ। 

परिवर्तनका लागि युवा समाज ‘पलास’को मुख्य आयोजनामा सुरु भएको प्रतियोगिताको कोल्हबी नगरपालिकाका मेयर भरत बहादुर भण्डारीले रिबन काटेर उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा मेयर भण्डारीले कोरोनाको प्रभाव न्यून भएको अवस्थमा चाडबाडको अवसर पारेर प्रतियोगिता राखिएको बताए। खेलाडीमार्फत कोरोनाका सचेतनामूलक सन्देश फैलाउने उद्देश्य रहेको बताए।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रतियोगिता सञ्चालन गर्न आयोजनकलाई अनुरोध गरिएको जानकारी दिए।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ। उद्घाटन खेलमा कचोर्वा र हेटौंडाबीच प्रतिस्पर्धा गरिएको भएको थियो। प्रतियोगिताअन्गर्गत आइतबार सपही र कोल्हबीबीच खेल हुने आयोजकले जानकारी दिएको छ।

विजयी टिमले ४१ हजार ५ सय ५५ र उपविजेताले २१ हजार ५ सय ५५ नगद र ट्र ट्रफी पाउनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.