|

इलाम : नवौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि खेलकुद प्रतियोगिता इलाममा शुरु भएको छ। युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषद्को संयोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलकुद प्रतियोगिता सुरु भएको हो।

नेपालटार उच्च माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबार सुरु भएको प्रतियोगितामा इलामका ३० वटा विद्यालय सहभागी छन्। प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका थिए। फागुन २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, एथ्लेटिक्स लगायतका खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.