|

कालिकोट :  कालिकोटको सदरमुकाम मान्मको तिला कर्णाली बहुमुखी क्याम्पसका अखिल क्रान्तिकारीका भीम आचार्य प्यानल स्ववियु निर्वाचनमा विजय भएका छन्। आचार्यले नेपाल बिद्यार्थी संघ र अनेरास्ववियुको संयुक्त प्यानललाई हराउँदै विजय भएका हुन्। संयुक्त प्यानलबाट अनेरास्ववियुका लक्ष्मण शाही सभापति उम्मेदवार रहेका थिए।

स्ववियु निर्वाचनमा वुधबार भएको निर्वाचनमा बिहीबार गरिएको घोषणामा जम्मा खसेको १५६ मत मध्ये आचार्यले ९० मत पाएको र शाहीले ६६ मत पाएको तिला बहुमुखी क्याम्पस निर्वाचन समितिका सदस्य पदम बिष्टले बताए। निर्वाचनमा आचार्य प्यानलबाट सचिवमा मनसिंह शाही र कोषाध्यक्षमा तविरा ऐडी विजय भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.