|

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले नन्टेसमाथि ३–० ले हराएको छ। ​

नन्टेसको घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितका लागि अन्द्रे हेरेरा, केलियन एम्बाप्पे र पाब्लो साराबियाले एक-एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पीएसजीले सबै गोल गरेको हो । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै हेरेराले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाए । उनले एम्बाप्पेको पासमा गोल गरेका हुन्।

त्यस्तै ६५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। नन्टेसका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीमा एम्बाप्पेले गोल गरेका हुन्।

खेल सकिन दुई मिनेट बाँकी रहँदा पाब्लो साराबियाले गोल गर्दै पीएसजीलाई ३–० को सहज जित दिलाएका हुन्। यो जितसँगै पीएसजीले ९ खेल खेल्दै सात खेलमा जित र दुई खेलमा हार बेहोर्दै २१ अंक जोडेर अंक तालिकाको शीर्ष स्थान उक्लिएको छ। पराजित नन्टेस भने ८ खेलबाट ८ अंक जोड्दै तालिकाको १५औं स्थानमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.