चेन्‍नई बाहिरिँदा कोलकाता र राजस्थान 'गर या मर'को अवस्थामा

|

काठमाडाैं : आइपिएलको १३ औं संस्करणको लिग राउन्डमा अहिलेसम्म ५२ खेल भइसकेका छन्। जहाँ केवल मुम्बई इन्डियन्स मात्र प्लेअफमा छनोट भएको छ।

बाँकी तीन स्थानका लागि ६ टिम प्रतिस्पर्धामा छन्। त्यसैले अन्तिम चरणका खेलहरु रोमाञ्चक हुने पक्का छ। महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स पहिलेनै प्ले अफको रेसबाट बाहिरिसकेको छ यद्यपि सबै ८ टिमको समान १–१ खेल बाँकी छ।

६ टिममा रोयल्स च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिट्ल्स तथा सनराइजर्स हैदराबादको दाबेदारी बलियो छ। जहाँ बाँकी तीन टिम कोलकाता नाइटराइडर्स, राजस्थान रोयल्स तथा किंग्स इलाभेन पञ्जाबले पनि आफ्नो दाबेदारी कायम राखेका छन्।

दिल्ली र बैंगलोरमध्ये जित्ने टिम दुई नम्बरमा

दिल्ली तथा रोयल च्यानेन्जर्स बैंगलोरबीच हुने प्रतिस्पर्धामा जित्ने टिम नम्बर दुईमा पुग्ने छ। जहाँ हार्ने टिमले भने हैदराबाद र पञ्जाबको हारको कामना गर्नुपर्ने छ। अन्तिम खेलमा पञ्जाब र हैदराबाद पराजित भएमा भने दिल्ली र बैंगलोर दुवै प्ले अफमा पुग्नेछन्। 

यस्तो छ समीकरण

​यदि हैदराबादले आफ्नो अन्तिम खेलमा जित निकालेमा तेस्रो नम्बरमा पुग्ने छ। यो स्थितिमा पञ्जाबले पनि खेल जितेको खण्डमा प्लेअफमा पुग्ने चौथो टिम बन्नेछ। जहाँ दिल्ली र बैंग्लोरबीचको प्रतिस्पर्धामा हार्ने टिम प्ले अफ दौडबाट बाहिरिने छ।

यदि हैदराबाद र पञ्जाबमध्ये कुनै एक टिमले मात्र जितेमा टिम तेस्रो नम्बरमा पुग्ने छ। यो स्थितिमा दिल्ली र बैंग्लोर भिडन्तमा पराजित हुने टिमले राजस्थान र कोलकाताबीच हुने खेलमा ठूलो अन्तरमा हारजित नहोस् भन्ने कामना गर्नुपर्ने हुन्छ, जसले नेट रन रेटमा हारका बाबजुत चौथो स्थानमा रहेर प्ले अफको सम्भावना बनाउने छ। 

पञ्जाबको अवस्था ​

पञ्जाबले अन्तिम खेलमा चेन्नईलाई कुनै पनि हालतमा हराउनै पर्नेछ। खेल जितेमा प्ले अफमा सम्भावना बलियो हुनेछ। अन्तिम खेलमा हैदराबाद हारेमा पञ्जाब सहज रुपमा प्लेअफमा पुग्ने छ, अन्यथा अन्य टिमको समीकरण पनि महत्वपूर्ण हुने छ।

कोलकाता र राजस्थान गर या मरको अवस्थामा

कोलकाता र राजस्थानबीच एक अर्काविरुद्ध हुने खेल गर या मरका रुपमा छ। यीमध्ये जुन टिमले जित्छ उसको प्ले अफमा सम्भावना कायम राख्छ। हार्ने टिम बाहिरिने छ। जित्ने टिमले पनि पञ्जाब र हैदराबादको हारको कामना गर्नु पर्ने छ।

यदि पञ्जाबले चेन्नईलाई पराजित गरेमा तेस्रो नम्बरमा उक्लने छ। यदि अन्तिम खेलमा हैदराबादले जितेमा हैदराबाद तेस्रो नम्बरमा पुग्ने छ। यस्तोमा कोलकाता र राजस्थानले प्ले अफमा पुग्न एकअर्काविरुद्ध फराकिलो जित निकाल्नुपर्ने छ। ताकि दिल्ली र बैंग्लोरबीचको खेलमा हार्ने टिमलाई नेट रनरेटमा पछि पार्न सकियोस।

लिगमा अब चार वटा अन्तिम चरणका खेल  बाँकी छन्। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.