ओपनरहरु घाइते हुँदा समस्या

|

काठमाडौं : यूएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आइतबार हुने पहिलो खेलमा किङ्स इलाभेन पञ्जाव र चेन्नई सुपर किङ्स भिड्दैछन्। यी दुई टिमबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि अबुधाबीमा हुनेछ।

लिग चरणको अन्तिम खेलमा पञ्जाबव र चेन्नई भिड्न लागेका हुन्। ‘प्लेअफ’को यात्रा गर्न पञ्जावलाई आजको खेल जित्नैपर्ने दबाब छ। 

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईविरुद्ध केएल राहुल नेतृत्वको पञ्जाव ‘डु अर डाइ’को अवस्थामा छ। पञ्जावले १३ खेलमा ७ मा जित र ६ खेलमा हारको सामना गरेको छ। ऊ १३ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ।

यदि पञ्जावले आजको खेलमा हार ब्यहोरे ‘प्लेअफ’मा पुग्ने सम्भावना करिब समाप्त हुनेछ। त्यही भएर चेन्नईलाई हराउँदै १४ अंक जोडेर शीर्ष चारमा उक्लन चाहन्छ।

नेट रन रेट राम्रो भएको कारण पञ्जावको प्लेअफ सम्भावना बलियो छ। तर, पञ्जावलाई प्लेअफ पुग्न आजको खेलमा जित आवश्यक छ। 

त्यसैले पञ्जव चेन्नईविरुद्ध दबाबमा हुनेछ। अघिल्लो भेटमा ब्यहोरेको हारका कारण पनि पञ्जाव चेन्नईविरुद्ध सतर्क भएर मैदानमा उत्रिनेछ। पहिलो भेटमा चेन्नईले पञ्जावलाई १० विकेटले पराजित गरेको थियो।

यता, चेन्नई भने यसअघि नै ‘प्लेअफ’दौडबाट बाहिरिसकेको छ। चेन्नई पहिलो पटक आईपीएलको ‘प्लेअफ’मा पुग्न नकसकेको हो। उसले १३ म्याच खेल्दा ५ म्याचमा मात्र जित हासिल गरेको छ। १० अंक जोडेर चेन्नई पुछारमा रहेको छ ।

चेन्नई आजको खेल जित्दै सिजनको सुखत अन्त्य गर्न चाहन्छ। तर, पछिल्लो खेलमा पञ्जाव लयमा देखिएको हुनाले चेन्नईलाई जित हासिल गर्न त्यति सजिलो हुने छैन।

दुवैको प्रदर्शन

पञ्जावको प्रदर्शनको कुरा गर्ने हो भने अन्तिम खेलमा राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भएको थियो। यस खेलमा क्रिस गेल पञ्जावको लागि उत्कृष्ट पारी खेलेका थिए। उनले ९९ रन बनाएका थिए।

गेलले यस सिजनमा पञ्जावका लागि ६ खेल खेलेका छन्। जसमा उनको टोलीले ५ खेल जितेको छ। गेलले ४६ को औसत र १४४.५० को स्ट्राइकरेटका साथ २७६ रन बनाएका छन्। 

पञ्जावका बलरहरु राम्रो प्रदर्शन गरिरहेका छन्। तर, टोली अन्तिम खेलमा १८६ रनको लक्ष्य बचाउन असफल रह्यो।

पञ्जावका दुवै ओपनर मयंक अग्रवाल र मन्दीप सिंह घाइते भएका छन्। राजस्थानविरुद्धको खेलमा मन्दीपको हातमा आर्चरको बल लागेको थियो। उनको चोटबारे पछिल्लो कुनै अपडेट छैन। मयंक पहिले नै घाइते भएका छन्। यदि आज यी दुई ब्याट्सम्यान खेल्दैनन् भने केएल राहुल र क्रिस गेलको जोडीले ओपनिङ गर्नेछ। 

जारी चेन्नईमा चेन्नईको प्रदर्शन खबर रहेको छ। केही खेलाडीबाहेक अन्यको प्रदर्शन सम्झनलायक छैन। पछिल्ला दुई खेलमा धोनीले ऋतुराज गायकवाडलाई मौका दिए। र, उनले लगातार दुई अर्धशतक प्रहार गरेका छन्। यस बाहेक रवीचन्द्र जडेजा र साम करनले पनि राम्रो प्रदर्शन गर्दै आएका छन्।

हेड टू हेड

आईपीएलमा हालसम्म चेन्नई सुपर किङ्स र किङ्स इलावेन पञ्जाव २२ पटक आमनेसामने भएका छन्। जसमा १३ पटक सीएसके र ९ पटक पञ्जाव विजयी भएका छन्।

पछिल्ला ६ खेलमा सीएसके हावी छ। पछिल्ला ६ खेलमा चेन्नईले ४ पटक पञ्जाबलाई हराएको छ। 

पञ्जावको नेट रन रेट र प्लेअफ सम्भावना

जारी लिगमा पञ्जाबले १३ खेल खेलेको छ। उसको १२ अंक रहेको छ। पञ्जावको नेट रन रेट ०.१३३ छ।  पञ्जावले आज चेन्नाईलाई हराए भने नेट रन रेटमा उ अघि बढ्ने सम्भावना प्रवल हुन्छ।

दिल्ली र बैंग्लोरको हारपछि पञ्जाव राम्रो अवस्थामा छ। दिल्ली र बैंग्लोरको भन्दा नेट रन रेट पञ्जावको राम्रो छ। त्यसैले दिल्ली र बैंग्लोरमध्ये पराजित हुने टिमलाई पञ्जाव नेट रन रेटमा पछि पार्दै प्लेअफ पुग्न सक्ने सम्भावना छ। 

पञ्जावले चेन्नाईलाई पराजित गर्ने तथा हैदराबादले मुम्बईसँग हार ब्योरेको खण्डमा पनि पञ्जावलाई नेट रन रेटमा अघि बढ्न सहज हुनेछ। त्यो अवस्थामा कोलकाता र राजस्थानको १४ अंक रहे पनि नेट रन रेटमा पञ्जाबलाई पछि पार्ने सम्भावना असम्भव जस्तो छ। चेन्नाईसँग पराजित भए पञ्जाबको प्लेअफ सम्भावना समाप्त हुनेछ।

पञ्जावको सम्भावित प्लेइङ–११

मयंक अग्रवाल÷मन्दीप सिंह, केएल राहुल (कप्तान), क्रिस गेल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हुड्डा, क्रिस जोर्डन, मुर्गन अश्विन, मोहम्मद शमी, रवि बिश्नोई र अर्शदीप सिंह।

चेन्नईको सम्भावित प्लेइङ–११

ऋतुराज गायकवाड, शेन वाटसन÷फाफ डु प्लेसिस, अम्बाती रायडू, महेन्द्रसिंह धोनी (कप्तान) नारायण जगदीसन, रवीन्द्र जडेजा, साम कुरन, मिचेल सान्टर, दीपक चहर, कर्ण शर्मा र लुंगी एनगीडि।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.