|

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा किंग्स इलावेन पञ्जाबले चेन्नई सुपर किंग्स (सीएसके)लाई १ सय ५४ नको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायो। एसका लागि दीपक हुड्डाले राम्रो ब्याटिङ गरे। उनले ३० बलमा ३ चौका र ४ छक्कासहित अविजित ६२ रन बनाए।

त्यस्तै, कप्तान केएल राहुलले २९, मयंक अग्रवालले २६, मन्दीप सिंहले १४, क्रिस गेलले १२ रन बनाए। बलिङमा सीएसकेका लुंगी एनगिडीले ३, शार्दुल ठाकुर, इमरान ताहिर र रवीन्द्र जडेजाले एकएक विकेट लिए।

सीएसकेले प्लेइङ-११ मा आज तीन खेलाडी परिर्वतन गरेको छ। उसले शेन वाट्सन, मिचेल सान्टनर र कर्ण शमालाई विश्राम दिँदै इमरान ताहिर, शार्दुल ठाकुर र फाफ डुप्लेसिसलाई मौका दिएको छ।

पञ्जाबले २ खेलाडी परिर्वतन गरेको छ। उसले ग्लेन म्याक्सवेल र अर्शदीप सिंहलाई विश्राम दिँदै जिमी नीशम र मयंक अग्रवाललाई मौका दिएको छ।

‘प्लेअफ’को यात्रा गर्न पन्जाबलाई आजको खेल जित्नैपर्ने दबाब छ। उसले १३ खेलमा ७ मा जित र ६ खेलमा हारको सामना गरेको छ। यदि पन्जाबले आजको खेलमा हार ब्यहोरे भने ‘प्लेअफ’मा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ ।

चेन्नई भने यसअघि नै ‘प्लेअफ’दौडबाट बाहिरिसकेको छ। चेन्नई पहिलो पटक आईपीएलको ‘प्लेअफ’मा पुग्न नकसकेको हो। उसले १३ म्याच खेल्दा ५ म्याचमा मात्र जित हासिल गरेको छ।

चेन्नई आजको खेल जित्दै सुखत अन्त्य गर्न चाहन्छ। तर, पछिल्लो खेलमा पञ्जाब लयमा देखिएको हुनाले चेन्नईलाई जित हासिल गर्न त्यति सजिलो हुने छैन।

चेन्नईको प्लेइङ-११

ऋतुराज गायकवाड, फाफ डु प्लेसिस, अम्बाती रायडू, महेन्द्रसिंह धोनी (कप्तान) नारायण जगदीसन, रवीन्द्र जडेजा, साम कुरन, इमरान ताहिर, शार्दुल ठाकुर, दीपक चहर, र लुंगी एनगीडि ।

पञ्जाबको प्लेइङ-११
मयंक अग्रवाल, मन्दीप सिंह, केएल राहुल (कप्तान), क्रिस गेल, निकोलस पूरन, दीपक हुड्डा, क्रिस जोर्डन, मुर्गन अश्विन, मोहम्मद शमी, रवि बिश्नोई र जिमी नीशम।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.