|

काठमाडौं :  इण्डियन प्रिमियर लिग क्रिकेटमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको छ। कोलकोताले दिएको १९२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १३१ रन मात्रै बनायो। ​

राजस्थानका लागि जस बटलरले सर्बाधिक ३५ रन बनाए भने राहुल तेबाटियाले ३१ रन बनाए।​ कोलकोताका बलर पाट कमिन्सले ४ विकेट लिए भने वरुण चक्रवर्ती र शिभम मावीले २-२ विकेट लिए। 

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै १९१ रन बनाएको थियो।​ कोलकोताका लागि कप्तान इयोन मोर्गनले अविजित ६८ रन बनाए भने राहुल त्रिपाठीले ३९, शुभम गिलले ३६ रन बनाए। त्यस्तै आन्द्रे रसेलले २५ र पाट कमिन्सले १५ रन बनाएका थिए।

 राजस्थानका बलर राहुल तेबटियाले ३ विकेट लिएका थिए भने कार्तिक त्यागिले २ तथा जोफ्रा आर्चर र श्रेयस गोपालले एक एक विकेट लिए।

यो जितसँगै कोलकोताको प्लेअफमा पुग्ने सम्भावना जीवित रहेको छ। कोलकोताको १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ।

त्यस्तै यो हारसहित राजस्थान प्रतियोगीताबाट बाहिरिएको छ। राजस्थानले १४ खेलमा ६ जित र ८ हार बेहोर्दै प्रतियोगिता सकेको छ।

आइपिएलमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.