काठमाडौैं : इङ्लिस प्रिमियर लिग फूटबलामा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।
गएराति भएको खेलमा आर्सनलले युनाइटेडलाई १-० ले हरायो। युनाइटेडको घरेलु मैदान ओल्डटाफोर्डमा सम्पन्न खेलमा आर्सनलका लागि खेलको ६९औ मिनेटमा पिएयरे एमरिक अउबामेयांगले पेनाल्टीमार्फत गोल गरेका थिए।
जितसँगै आर्सनलको ७ खेलमा ४ जितका साथ १२ अंक भएको छ भने युनाइटेडको यस सिजनमा ६ खेलमा यो तेस्रो हार हो। युनाइटेड ६ खेलमा ७ अंक बटुल्दै अहिले लिगको १५औ स्थानमा रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।