|

  • रमेश पराजुली 

सिन्धुपाल्चोक : जिल्लाका ८ वटा बहुमुखी क्याम्पसहरुमा भएको स्ववियू निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।

सार्वजनिक परिणामअनुसार एमाले समर्थित अनेरास्ववियु र कांग्रेस समर्थित नेविसंघले ३\३ स्थानमा जित हासिल गरेका छन्। २ स्थानमा माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारी विजयी भएको छ।

विद्यार्थी भर्ना र क्याम्पस सञ्चालक समितिको विवादका कारण ५ वटा क्याम्पसमा भने चुनाव भएन। प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्र केसीले ८ कलेजमा शान्तिपूर्ण ढंगले निर्वाचन भएको जानकारी दिए।

अनेरास्ववियुले जितेको क्याम्पस र सभापति

इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीमा  बालकृष्णा दुलाल

सुनकोशी बहुमुखी क्याम्पस लामोसाँघुमा अरुण पराजुली

जलबिरे भ्याली क्याम्पस जलबिरेमा अमृत थापा

नेविसंले जितेको क्याम्पस र सभापति

अरनिको बहुमुखी क्याम्पस बाह्रविसेमा हेमन्त श्रेष्ठ

ककलिङ बहुमुखी क्याम्पस ठुलोपाखरमा  विमल योञ्जन

ठोकर्पा सामुदायिक बहुमुखी क्याम्पस ठोकर्पामा वसन्त महत

अखिल क्रान्तिकारीले जितेको क्याम्पस र सभापति

जुगल बहुमुखी क्याम्पस साँगाचोकमा जयन्त श्रेष्ठ

चौतारा बहुमुखी क्यामपस चौतारामा मिलन लामा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.