|

  • मेगराज खड्का

रुकुम : जनकलाकार जीवन शर्माले मध्यपश्चिम व्यापार महोत्सवमा आफ्नो प्रस्तुती देखाउँदै थुप्रैको मन जितेका छन्। महोत्सवको आठौ दिन शर्माले ‘सिमली छाँयामा बसी भरीया लामो सास फेर्दैछन, भैसक्यो उमेर असी जन ठुला दुखले घेरेको’ लगायतका गीत गाएर वृद्धवृद्धादेखि वयस्कसम्मको मन जिते।

उनी गीत गाउनुअघि 'केहि हिरोहरु चाहिएको छ' भन्दै दर्शकमाझबाट वृद्धवृद्धाहरुलाई मञ्चमा बोलाएका थिए। त्यसपछि जेष्ठ नागरिकहरुलाई सम्मान गरेका शर्माले उनीहरुलाई स्टेजमै नचाए।

उनले फोकल्याण्डको टापुबाट र अन्य देशभक्ति गीतहरु गाउँदा महोत्सव स्थलका दर्शक शान्त र स्तब्ध बनेका थिए।  शर्माले मञ्चबाट गीत गाउँदा मन छोएर बृद्धबृद्धा मात्र नभएर युवाहरु पनि केहि बेर भावुक भए।

'२०४३ सालतिर लुक्लैछिप्तै रुकुममा आएको थिए, द्धन्द्ध पछिको रुकुम निकै सुन्दर भैसकेको रैछ,' उनले भने, 'यो क्रान्तिको सुन्दर भुमिका आउन पाउँदा निकै खुसि लागेको छ।’

महोत्सवको सांस्कृतिक कार्यक्रममा आज लोक कलाकारहरु पुर्णकला विसी र प्रिति आलेले पनि आफ्नो प्रस्तुती देखाए। त्यस्तै हाँस्य कलाकार सुरविर पण्डित लगायत टेलिसिरियल भद्रगोलका अन्य कलाकारहरुले पनि प्रस्तुती दिए।

फागुन १२ गते उद्घाटन भएको महोत्सव आगामी २१ गते सम्म सञ्चालन हुने बताइएको थियो। तर दर्शकको मागलाई सम्बोधन गर्न महोत्सव अवधि लम्बयाउनेबारे सरसल्लाह भैरहेको महोत्सव मुल आयोजक समिति संयोजक टेकबहादुर पुनले जानकारी दिए। उनले १ दिन थप्ने विषयमा सल्लाह भैरहेको बताए।

उनका अनुसार आगामी दिनहरुमा पनि चर्चित कलाकारहरुको प्रस्तुती रहने छ। भोलीको प्रस्तुतीमा चर्चित मोडल तथा गीतकार ज्योति मगर र चर्चिच लोक गायक शान्ति श्री परियार आउने जानकारी पुनले दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.