|

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि सहज जित हासिल गरेको छ। यस्तै फुलह्यामले वेष्ट ब्रुमलाई पराजित गरेको छ। 

गएराति सम्पन्न खेल लेस्टर सिटीले लिड्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। लेस्टरको जितमा योउरी टिएलेमान्सले दुई गोल गरेका थिए भने हार्भे बर्नेज र जामी भार्डीले एक एक गोल गरेका थिए।

त्यस्तै लिड्सका लागि स्टुअर्ट डल्लासले एक गोल फर्काएका थिए। यो जितपछि लेस्टर ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।

त्यस्तै लिड्सको ७ खेलमा १० अंक रहेको छ। यसै गरी अर्को खेलमा फुलह्यमाले वेष्ट ब्रुमलाई २-० ले हराउँदै अन्तिम तीन भन्दा माथि उक्लिएको छ। यो उसको पहिलो जीत हो। सात खेल खेलेको फुलह्यामको चार अंक भएको छ। उ १७ औं स्थानमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.