|

काठमाडौंं : कोरोना महामारीका कारण यो पटकको दशैँ यसअघिका वर्षहरूमा झैं उल्लासमय रहेन। तर पनि झण्डै ५० लाख मानिसहरूको बसोबास रहेको संघीय राजधानी काठमाडौं उपत्यकासहित देश र विदेशका विभिन्न ठाउँबाट मानिसहरू दशैँ मनाउन गाउँघर पुगे। 

मानवीय बसोबास सघन रहेको उपत्यकाबाट थोरै प्रतिशत मानिस उपत्यकाबाहिर आवतजावत गरेपनि निकै भीड लाग्छ। त्यसमाथि दशैँका बेला जोखिमै मोलेर गाउँघर गएका मानिसहरूको आवागमन यतिखेर बाक्लै देखिएको छ।

बनेपा-बर्दिवास हाइवे हुँदै देशको पूर्वी क्षेत्रतर्फ दशैँ मनाउन गएका मानिसहरू यतिखेर धमाधम काठमाडौं उपत्यका छिर्दैछन्‌। दशैँ मनाएर फेरि काममा फर्कन आएकाहरूको ताँती कोटेश्वरस्थिति जडिबुटी चोकमा निकै देखिन्छ। जन्मघरबाट केही खानेकुरा, कोशेली र आफूले लगाउने लुगाफाटा लगायतका सामान बोकेर गाडीबाट झरेका र गन्तव्यतर्फ लागिरहेका मानिसहरू यत्रतत्र देखिन्छन्‌।

​जारी कोरोना महामारीका कारण यो पटक पहिले झैं काठमाडौं छाडेर जानेको संख्या खासै थिएन। तर, जो दशैँ मनाउन गाउँ गएका थिए : उनीहरू धमाधम फर्कँदैछन्‌। दशैँका बेला केही सुनसान देखिएको काठमाडौं उपत्यकामा फेरि मानव उपस्थिति सघन बन्दै गएको छ। 

तस्वीरहरू :

 
 
 
 
 
 
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.