|

काठमाडौं : युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादले खेल्दैछन्। लिग चरणको अन्तिम खेलमा साविक विजेता मुम्बई र हैदराबाद प्रतिस्पर्धा गर्न लागेका हुन्।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ। शारजाह क्रिकेट मैदानमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।

आजको खेल हैदराबादका लागि निकै महत्वपूर्ण छ। मुम्बईविरुद्ध जित हासिल गर्न सके हैदराबाद नेट रन रेटका आधारमा प्लेअफमा प्रवेश गर्नेछ। उसको नेट रन रेट राम्रो छ। 

हैदराबादले १३ म्याचमा ६ मा जित र ७ खेलमा हारको सामना गरेको छ। १२ अंक जोडेर हैदराबाद अंक तालिकाको पाँचौं स्थानमा रहेको छ। 

यदि आज हैदराबाद पराजित भए प्लेअफ दौडबाट बाहिरिने छ। र, कोलकाता नाइट राइडर्सलाई फाइदा हुनेछ। कोलकताले १४ खेलमा ७ मा जित र ७ खेलमा हार ब्यहोरेको छ। र, कोलकताले तालिकामा १४ अंक जोडेको छ। 

मुम्बईलाई हराउन सकेमा हैदराबादले कोलकातालाई नेट रन रेटमा पछि बनाएर प्लेअफ पुग्नेछ। हैदराबादको नेट रन रेट ०.५५५ छ। 

कोलकाता १४ अंकका साथ चौंथो स्थानमा छ। उसको नेट रन रेट ०.२१४ छ। कोलकाताको प्लेअफ यात्रासमेत यसै खेलले निर्धारण गर्नेछ। मुम्बईले जित निकालेको खण्डमा कोलकाता प्लेअफ पुग्नेछ।

मुम्बई भने शीर्ष स्थानमा रहेर क्वालिफायर पुगिसकेको छ। मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ।

त्यसैले मुम्बईका लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ। तर, मुम्बई हैदराबादलाई हराएर लिग चरणको सुखद् अन्त्य गर्न चाहन्छ। दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले समेत प्लेअफ यात्रा तय गरिसकेका छन्।

अब एक टिम मात्र प्लेअफमा पुग्न बाँकी रहेको छ। जसमा हैदराबाद र कोलकाताको सम्भावना छ। हैदराबाद र कोलकातामध्येको प्लेअफ पुग्ने एक टिमले इलिमिनेटरमा बैंग्लोरसँग खेल्नेछ।

यसअघिको भेटमा मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको थियो। मुम्बई उक्त जितलाई निरन्तरता दिन सोचमा हुनेछ। तर, हैदराबाद भने मुम्बईसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ। मुम्बईले चार पटक उपाधि जितेको छ भने हैदराबादले एक पटक उपाधि उचालेको छ। 

दुवै टिमको प्रदर्शन 

जारी आइपिएलमा हैदराबादले मिश्रित प्रदर्शन गरिरहेको छ। हैदराबादलाई एकपछि अर्को ठूलो झड्का लागे पनि प्रदर्शन मिश्रित नै छ। टिमका मुख्य बलर भुवनेश्वर कुमार, अलराउण्डर मिचेल मार्स र विजय शंकर चोटका कारण टुर्नामेन्टबाट बाहिरिएका थिए।

हैदराबादले पछिल्ला दुई खेलमा जित निकालेर मजबुद स्थितिमा देखिएको छ। शीर्ष क्रममा ऋद्धिमान साह, डेविड वार्नरले राम्रो ब्याटिङ गरिरहेका छन्। मध्यक्रममा हैदराबादसँग केन विलियम्सन, मनीष पाण्डे र जेसन होल्डर जस्ता अनुभव ब्याट्म्यान छन्।

कप्तान रोहित शर्माको अनुपस्थितिमा मुम्बई इन्डियन्स १८ अंकको साथ पोइन्ट टेबलमा शीर्ष स्थानमा छ। नियमित कप्तान शर्मा केही समय अघि घाइते भएका थिए।

उनको अनुपस्थितिमा किरोन पोलार्डले टिमको कप्तानी गरिरहेका छन्। उनको कप्तानीमा पनि मुम्बईले राम्रो प्रदर्शन जारी राखेको छ। आज मुम्बईले टिममा व्यापक परिवर्तन गर्नसक्छ। मुम्बईका लागि आजको खेल प्रतिष्ठाको लडाई मात्रै भएकाले बेन्चमा बसेका खेलाडीहरूलाई मौका मिल्न सक्छ।

हेड–टु–हेड

आइपिएलमा हालसम्म सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स १५ खेलमा सामनेसामने भएका छन्। जसमा ८ खेल मुम्बई र ७ हैदराबादले जितेको छ। 

टिम जितमा सफल भएको छ। यदि हैदराबाद आज जित्न सफल भयो भने, यो मुम्बईसँग खेल्नेछ। पछिल्लो ६ खेलमा मुम्बईले ४ पटक हैदराबादलाई हराएको छ।  

मुम्बईको सम्भावित प्लेइङ–११ 

इशान किशन, क्विन्टन डिककरक्रिस लिन, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड (कप्तान), कृणाल पांड्या, नाथनकुल्लटर नाइल, जयन्त यादवरअनुकूल रोय, राहुल चहाररराजकुमार बलवन्त राई, ट्रेन्ट बाउल्ट र जसप्रीत बुमराहरधवल कुलकर्णी

हैदराबादको सम्भावित प्लेइङ–११ 

डेविड वार्नर (कप्तान), ऋद्धिमान साह, केन विलियम्सन, मनीष पाण्डे, अब्दुल सामद, अभिषेक शर्मा, जेसन होल्डर, राशिद खान, शाहबाज नदीम र खलील अहमद, सन्दीप शर्मा र थांगारासु नटराजन
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.