|

इलाम : बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा सहभागी हुन जाने थप २ जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गर्नुअघि गरिएको परीक्षणमा खेलाडीमा संक्रमण देखिएको हो।

एन्फाले प्रारम्भिक प्रशिक्षणमा ३४ खेलाडी बोलाएकोमा पहिलो परीक्षणमा नै ५ जनामा संक्रमण देखिएको थियो। यसअघि संक्रमण देखिएका ५ जना र आज देखिएका २ जनालाई टिमबाट हटाइएको छ।

उनीहरुलाई अहिले आइसोलेसनमा पठाइएको एन्फाले जनाएको छ। दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गर्नेछ। नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.