|

काठमाडौं : नेपालको तीन दिने भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौंका धार्मिक क्षेत्र घुमघाममा व्यस्त भएका छन्। बुधबार दिउँसो काठमाडौं उत्रिएपछि उनी धार्मिक क्षेत्रको घुमघाममा जुटेका हुन्। 

भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आएपछि होटेल सोल्टी पुगेका उनी त्यहाँबाट धार्मिक क्षेत्र घुमघाममा निस्किएका हुन्। पत्नी विना र भ्रमण टोलीसहित नरवणे सोल्टीबाट सबैभन्दा पहिले वसन्तपुर पुगेर कुमारीको दर्शन गरे। 

त्यसक्रममा उनको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। त्यसक्रममा उनलाई सुरक्षा दिन नेपाली सेना, नेपाल प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भएका थिए।

सम्भावित विरोध प्रदर्शन हुने कुरालाई ख्याल गरेर नेपाली सेनाको नेतृत्वमा कडा सुरक्षा दिएर उनलाई वसन्तपुर हुँदै पशुपतिनाथ पुर्‍याइएको थियो। नरवणेले बिहीबारदेखि राजनीतिक भेटघाट थाल्नेछन्। 

उनलाई बिहीबार नेपाली सेनाका सर्वोच्च कमाण्डर राष्ट्रपति विद्यादेवी भण्डारीले शीलतनिवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नेछिन्। त्यससँगै उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गर्ने छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.