राति १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग

|

काठमाडौं : मुलुक कोरोना महामारीको दलदलमा फसिसकेको छ। सबैभन्दा बढी कोभिड-संक्रमितको संख्या काठमाडौं उपत्यकामा छन्। देशभरका सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा छन्।

काठमाडौंका अधिकांश मानिसहरु संक्रमित भइ यतिखेर अस्पताल र होम आइसोलेसनमा छन्। बजारमा मानिसको बाक्लो उपस्थित देखिन्न, खासै भिड छैन र व्यापारीहरू निराश छन्।

लकडाउन र निषेधाज्ञा खुलेसँगै, बजार खुल्ने र नागरिकको जीवन सामान्योमुख तर्फ गइसकेको छ। यसपटक विगत वर्षको चाडपर्व जस्तै सहरका मुख्य-मुख्य चोकहरुमा भिडभाड पनि भएनन्।

सधै गुल्जार हुने ठमेल कोभिड महामारी सुरु भएपछि सुनसान बनेको छ। यतिखेर विदेशी पर्यटकको घुइँचो लाग्नुपर्ने हुन्थ्यो तर, ठमेलका भित्री सडक सुनसान छन्।  व्यापारीहरू दिन काट्न मात्र पसलमा बसेका जस्ता देखिन्छन्। स्थानीयमा ठमेल पुरानो लयमा फर्कन हो कि होइन त्यसको चिन्ता बढदै गएको छ।

विदेशी पर्यटकको लागि नेपालको मौसमी वातावरण दोस्रो पर्यटकीय सिजन हो। तर, कोभिड महामारीले न विदेशी पर्यटक देखिन्छन्। पुस्तौदेखि व्यापार गर्दै आएका व्यापारी निरास छन्।  विश्वलाई  गलाएको महामारीले ठमेललाई पनि बाँकी राखेन।

‘ठमेलको भविष्य महामारी निर्भर

ठमेलको भगवती मन्दिर छेउमा स्विटर पसल गर्छन् श्रीराम चालिसे। उनी सधै बिहान ८ बजे पसल खोल्न आइपुग्छन्। ग्राहक नभएपनि उनलाई ठमेलको पसल के हुने त्यसको चिन्ता छ।  सबेरै पसल खोल्न ठमेल पुग्छन्। यस्तो महामारी छ कहिलेसम्म पसल खोल्न पाइने हो उनलाई थाहा छैन।

‘पर्यटकको लागि दोस्रो सिजन हो अहिले शून्य छ व्यापार,’ उनले भने,’ अहिले जाडो मौसम सुरु भएको छ। नेपाली ग्राहकहरू स्विटर किन्न आउँछन्। दिनमा बोहनी हुन पनि गाह्रो छ।‘

पसलमा साना नानीहरूले लगाउनेदेखि वृद्धहरुले लगाउने समेत स्विटर पाइन्छ। सस्तो देखि मँहगो मूल्यका स्विटरहरू पसलमा पाइन्छ। नेपाली ग्राहकले भन्दा पनि विदेशी पर्यटकले स्विटर जस्ता अन्य लुगा खरीद गर्ने गरेको उनी बताउँछन्।

महामारी सुरूभन्दा अगाडि उनको पसलबाट दैनिक जसो २० देखि २५ हजार रुपैयाँका स्विटर बिक्री हुन्थ्यो। चालिसेको पसल आएर रुङ्ने मात्र काम भएको छ।‘बिक्री पनि छैन ग्राहकको अनुहार समेत देख्न पाइदैन,’ उनले भने,’ समय कटाउने माध्यम मात्र बनेको छ।‘

ठमेलको व्यापार कस्तो चल्ने हो भन्नलाई महामारी कहिले सम्म सकिन्छ त्यसमा निर्भर रहने गरेको उनले बताए। केही व्यापारीहरू महामारी लागेपछि घर गएकाहरु फर्किए आएका छैनन्। व्यापार छैन भाँडा मात्र मँहगो भएको उनको भनाइ छ।

ठमेलका बाटोमा देखिने बटुवाहरू सबै स्थानीयहरु देखिन्छन्। किनमेल गर्नको लागि कुनै पनि ग्राहक आउँदैनन्।‘पसल खोलेर दिनभर दिन कटाउने एउटा माध्यम भएको छ,’ चालिसेले भने,’ पसल अनुसार फरक-फरक भाडा छुट दिएको छ। कुनै पसललाई ६ महिना देखि १ वर्षसम्मको लागि छुट दिएका छन्।‘

पुरानो लयमा फर्कन गाह्रो पर्ला

ठमेलकै ज्याठा लाइनका अर्का व्यापारी गोविन्द पन्तको पनि चालिसेको जस्तै समस्या छ। हातले बनाएका सामग्रीहरुको उनी बिक्री गरेर बस्छन्। अहिले ठमेलमा सामान किन्नेको ग्राहक भन्दा कतै गइरहेका मानिसको भीड बढन थालेको देखिने उनी बताउँछन्।

‘हेन्डमेड सामग्रीहरू सबै विदेशी पर्यटकले किन्छन्। अहिलेको अवस्थामा न विदेशी पर्यटक न त नेपालीले ग्राहकले खरिद गर्छन्,’ उनले भने,’ एक सिजनमा २० देखि ४० लाख कमाउने व्यापारी हुँ। अब त्यो अवस्थामा फर्कन लाई धेरै समय लाग्छ।‘

कोरोनाको त्रासले नेपाली देखि विदेशी ग्राहक कोही पनि देखिदैँनन्। कोभिड शरू हुनुभन्दा अगाडि चीन गएका चिनियाँ व्यापारीहरू आफ्ना व्यवसाय खोल्नका लागि ठमेलमा आइसकेका छन्। विदेशी भनेको अहिले २-४ जना चाइनिज मात्र देखिने गरेको उनले सुनाए।

अधिकांश सटरमा चाबी लागेका छन्। धेरै व्यापारीले आफ्नो व्यवसाय सुचारु गर्न सकेको छैन। कारण एउटै कोभिडको त्रास र ग्राहक नहुनु। पसलमात्र खोलेर के गर्नु भाडा उठ्दैन भने पसल खोलेर मात्र के फाइदा भनेर पनि धेरैले पसल नखोलेको हुन सक्ने उनको दाबी छ।

रात्रीकालीन व्यवसाय १२ बजेसम्म सञ्चालन गर्नुपर्छ 

ठमेललाई पुरानो लयमा फर्काउनका लागि रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्नेमा ठमेल पर्यटन परिषदका उपाध्यक्ष राजुमान डंगोलको माग छ।‘ठमेलको परिचय भनेको रात्रीकालीन व्यवसायले बनेको छ,’ उनले भने,’ अहिले राति ९ बजे सम्म खोल्न पाइने भएपनि अब १२ बजे सम्म दिनुपर्छ।‘

सरकारले पनि पर्यटकको लागि बिस्तारै बिस्तारै ढोका खोलि दिनुपर्ने उनले बताए। अन्तर्राष्ट्रिय उडान खोली नेपाल प्रवेशको लागि पिसिआर परीक्षण गरी थोरै समयको लागि क्वारेन्टानमा बस्ने व्यवस्था हुनुपर्ने उनले सुझाए।

घरधनी र व्यापारीको लागि सहज वातावरण निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए। केही घरधनीले भाडामा बसेकालाई राम्रो छुट दिएको उनको भनाइ छ। महामारी भएपनि ठमेल पर्यटन विकासको लागि भएपनि व्यापारीबाट नवीकरण शुल्क लिने पनि उनले स्पस्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.