|

भक्तपुर : दशैं सकिएर तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीहरूलाई सयपत्री र मखमली फूल टिप्ने र माला उन्ने चटारो सुरु भएको छ। तिहार फूलको पर्व पनि हो। भाइटीकामा मखमली फूलको माला अनिवार्य जस्तो छ।

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ। भक्तपुरको गुण्डु क्षेत्र मखमली फूलको पकेट क्षेत्र भए पनि जिल्लाका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक खेती गरिन्छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा राधा मताङ्गी दम्पत्तीले करिव १० रोपनी क्षेत्रमा पुष्पखेती गर्दै आएका छन्। उनीहरूको फार्ममा ढकमक्क सयपत्री फूलेको छ। तिहार नजिकिएसँगै उनीहरूलाई सयपत्री फूलको माला उन्न भ्याईनभ्याई भएको छ।

पुष्प खेती गर्ने कृषकहरूले सयपत्री फूलका माला काठमाडौंका होलसेल व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट शहरका विभिन्न स्थानमा बिक्रीका लागि जाने गरेको छ।

यसवर्ष तिहार केही दिन पछिसरेको कारण सयपत्री जोगाउन मुस्किल भएको पुष्प व्यवसायीहरू बताउँछन्। दशैंमा नै ढकमक्क सयपत्री फूलेपछि तिहारसम्म कसरी जोगाउने भन्ने चिन्ता परेको छ। यसवर्ष कोरोना भाइरसको महामारीका कारण चाडपर्वहरू समेत प्रभावित हुँदै आएकाले तिहारमा फूलको व्यापारलाई समेत असर गर्छ कि भन्ने अर्को चिन्ता किसानको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.