|

काठमाडाैं : बंगलादेशको ढकामा रहेको नेपाली राष्ट्रिय फुटल टिमले आज (आइतबार) देखि अभ्यास सुरु गरेको छ।

बिहीबार ढाका पुगेको नेपाली टिमले बंगलादेशको राष्ट्रिय टिमसँग कार्तिक २८ गते पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ। नेपाली फुटबल टिम कोभिड–१९ संक्रमण जोखिमका कारण बिहीबारदेखि ढाकामा होटल क्वारेन्टाइनमा बसेको थियो।

क्वारेन्टाइनमा रहेकै बेला पनि होटलको छतमा दुई दिनसम्म सामान्य अभ्यास गरेको टिमको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै आजदेखि मैदानमै अभ्यास गर्न अनुमति पाएको हो।

यससँगै शेख जमल धनमुण्डी फुटबल मैदानमा पहिलो दिन २ घण्टाभन्दा बढी अभ्यास गरेको छ। ढाका पुगेपछि पहिलोपटक मैदानमा अभ्यास गराउँदै सहायक  प्रशिक्षक बालगोपाल महर्जनले कोरोनाका कारण केही समस्या देखिए पनि नेपाली टिमले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।

यस्तै कप्तान किरण चेम्जोङले नेपाल र बंगलादेशको स्तर समान रहेकोले पनि मैत्रीपूर्ण खेलमा तीव्र प्रतिस्पर्धा हुने बताए। उनले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न पाएको अवसरलाई सदुपयोग गर्न नेपाली टोली सक्षम रहेको बताए। 

नेपाली फुटबल टिमले कात्तिक २८ गते र मंसिर २ गते बंगबन्धु स्टेडियममा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। ​

यो पनि पढ्नुहोस् 

फोटो उपलब्ध : एन्फा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.