|

जाजरकोट :  १३ वर्षीय बालिकामाथि बलात्कार गरेको अभियोगमा १ युवक पक्राउ परेका छन्। भेरीमालीका नगरपालिका ११ मटेला जाजरकोटका ३५ वर्षीय  इन्द्र बहादुर शाही   शुक्रवार पक्राउ परेका हुन्।

बारीमा तरकारी लिन गएका बेला १३ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा इन्द्रबहादुर पक्राउ परेका हुन् प्रहरीका अनुसार तरकारी लिन गएकी बालिकालाई भेरी नदिको किनारमा लगेर इन्द्रबहादुरले बलात्कार गरेका थिए। बलात्कृत बालिका सुस्त मनस्थितिकी हुन्।

बालिकालाई भेरी नदिको किनारमा लगेको देखेपछि गाउँलेहरुले बालिकाकी मामालाई खबर गरेका थिए। 'तरकारी लिन जाँदा यहाँ केछ हेर्न आइजा भनेर नदि किनारमा लगेर  जबर्जस्ती यौनसम्पर्क गरेको छोरीले नै रुदैं बताइन्,' उनकी आमाले भनिन्।

त्यसपछि गाउँले तथा बालिकाका मामाले संयुक्त रुपमा इन्द्रबहादुरलाई समातेर प्रहरीको जिम्मा लगाइएको बालिकाकी आमाले बताइन्।

शुक्रबार शाही विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा जर्वजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए।  घटना बारे थप अनुसन्धान भैरहेको डिएसपि रिमालले बताए।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि बलत्कृत भएको चिकित्सकले पुष्टि गरिसकेका छन्। बालिकालाई बलात्कार गर्ने इन्द्र वहादुर शाहीलाई कानुन अनुसार हदै सम्मको सजाय हुनुपर्ने अधिकारकर्मीहरुको माग छ। नाबालकलाई बलत्कार गरेकोले हदै सम्मको कारबाही हुनुपर्ने  अन्तर पार्टी महिला संजाल जाजरकोटकी अध्यक्ष प्रमिला सिंह राठौरले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.