|

अक्षय कुमारको चलचित्र लक्ष्मी प्रदर्शन गरिएको छ।  फिल्मलाई लिएर विवाद सिर्जना भइरहेको थियो। एक समय यो फिल्म ब्याण्ड हुने सम्भावना पनि थियो। यद्यपि यो फिल्म प्रदर्शनमा आएको छ।

कोरोनाले गर्दा घरमा बसिरहेका दर्शकका लागियो मजाको खुराक हुन सक्दछ। अक्षयले यो दुई वर्षमा ७ वटा हिट फिल्म दिए। यदि लक्ष्मी पनि हिट भयो भने हिट फिल्म सूचीमा ८ वटा हुनेछन्।

लगातार बक्स अफिसमा तहल्का मच्चाइरहेका अक्षयको सन् २०१८ को  फेब्रुअरी महिना मा 'प्याड म्यान' रिलिज भयो।  सामाजिक मुद्दामा आधारित उक्त फिल्मले सामाजिक जागरणको एक नयाँ शिरा खोज्न सफल भयो। अक्षयले स्वतन्त्रता दिवसको अवसरका 'गोल्ड' फिल्म ल्याए। फिल्मको ट्रेलर नै दर्शकलाई मन परेको थियो।

एक बंगाली हकी प्रशिक्षकको रूपमा देखिएका अक्षयको यो फिल्मले १ सय करोड कमाएको थियो।  २०१८ को अन्त्यमा दक्षिण भारतीय अभिनेता रजनिकान्त र उनले अभिनय गरेको फिल्म '२.०' रिलिज भयो। जहाँ अक्षयको भिलेनमा रोल थियो। यो फिल्म पनि हिट सावित भयो।

२०१९ मा उनको केशरी फिल्म प्रदर्शन भयो। राष्ट्र प्रेममा आधारित उक्त फिल्मको एक्सनदेखि अभिनयसम्म दर्शकले मन पराए।

पुन: स्वतन्त्रता दिवसको अवसरमा उनको 'मिसन मंगल' रिलिज भयो। उक्त फिल्म सत्य घटनामा आधारित थियो। यो फिल्म वर्षभरि नै दर्शकको मनमा अमिट छाप छोड्न सफल भयो। वर्षको अन्त्य अक्षयले 'गुड न्युज'बाट गरे। उक्त फिल्म पनि दर्शकले मन पराए।  अब लक्ष्मीले कस्तो व्यापार गर्ला हेर्न बाँकी छ।

यो फिल्म पनि हिट भयो भने अक्षयले दुई वर्षमा ८ वटा हिट फिल्म दिने अभिनेता बन्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.