प्रचण्डसहित बहुमत सदस्यको दुई दिने अल्टिमेटम आज सकिँदै

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको समस्या समाधानका लागि कार्यदलसँग छलफल सुरु गरेका छन्। तत्कालीन कार्यदलको सदस्यलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले छलफल सुरु गरेका हुन्।

यसअघिको विवादमा प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको विवाद समाधान गर्नका लागि भदौमा महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो। 

'प्रधानमन्त्री ओलीको निमन्त्रणमा कार्यदलका सदस्य बालुवाटार पुगिसकेको बालुवाटार स्रोतले बतायो। उहाँहरू बालुवाटार आइपुगिसक्नु भएको छ। प्रधानमन्त्री ओलीले अहिले देखिएको पार्टीभित्रको विवादको समस्या समाधानका लागि परामर्श गर्नुहुन्छ' स्रोतले भन्यो।

यसअघि पनि पार्टी विवाद फुटको संघारसम्म पुगिसकेको अवस्थामा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको सुझावको आधारमा भदौ २६ गतेको स्थायी कमिटीको बैठकबाट विवाद समाधान गरेको थियो। 

कार्यदलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल छन्।

नेकपाभित्र प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको विवादको कारणले पार्टी फुटको संघारसम्म पुगिसकेको छ। अध्यक्ष दाहालसहितका नेताहरुले समस्या समाधानका लागि प्रधानमन्त्री ओलीलाई लिखित रुपमा माग गरिरहेका छन्। तर, ओली बैठकको पक्षमा छैनन्। 

अध्यक्ष दाहालसहित रिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्नका लागि शनिबार दुई दिने अल्टिमेटमसहितको पत्र बुझाएका थिए। आज त्यो मिति पनि सकिँदैछ। 

प्रधानमन्त्री ओलीले कार्यदलको सदस्यलाई बालुवाटार बोलाएपछि महासचिव पौडेल अध्यक्ष दाहाल निवास खुमलटार पुगेर अध्यक्ष दाहालसँग पनि छलफल गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.